Headline

टुरिन फर्किए रोनाल्डो १४ दिन क्वारेन्टिनमा बस्ने

Published

on

युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्तत इटालीको टुरिन फर्किएका छन् । अब उनले १४ दिन टुरिन स्थित आफ्नो घरमा नै क्वारेन्टाइनमा बस्न पर्ने छ ।

इटाली सरकारले कोरोनाका प्रभाबका कारण विदेशबाट आउने व्यक्तिहरुले १४ दिन क्वारेन्टाइनमा बस्न पर्ने नियम लगाएका कारण रोनाल्डोले अब आफ्नै घरमा १४ दिन क्वारेन्टाइनमा बस्ने छन् भने अभ्यासमा पनि सहभागिता जनाउन पाउने छैनन् ।

यस अघि रोनाल्डो मे १८ तारिखमा युभेन्टसको अभ्यासका लागि इटाली फर्कने कार्यक्रम रहेको थियो । तर इटाली सरकारले मे चारबाट नै क्लबहरुलाई अभ्यासका लागि अनुमित दिए पछि सबै बिदेशी खेलाडीहरु प्रशिक्षणमा फर्किएका कारण रोनाल्डो पनि छिटै इटाली फर्किएका हुन् ।

युभेन्टसले हिजोबाट नै अभ्यास शुरु गरिसकेको छ भने पाँच पटकका ब्यालन डी’ओर बिजेता रोनाल्डो बिना नै अर्को दुई हप्ता प्रशिक्षण गर्ने छ ।

कोरोनाका कारण सिरी ए स्थगित हुँदा रोनाल्डो आफ्नो परिवार सहित पोर्चुगलको द्विप मदिरामा समय बिताउन भन्दै गएका थिए । स्पेनमा रहेको उनको निजी बिमानमा उनी टुरिन फर्कने भनेता पनि स्पेनमा जारी लक डाउनका कारण उनको बिमान स्पेनमा नै रोकिएको थियो । तर लामो प्रायस पछि ३५ बर्षिय रोनाल्डो इटाली फर्कन सकेका हुन् ।

Click to comment

Trending