Headline

नेमारको जति तलब पाए एमबाप्पे पिएसजीमा नै बस्ने

Published

on

पछिल्लो समय यस सिजनको ट्रान्सफर विन्डोमा पेरिस सेन्ट जर्माइन (पिएसजी) का फरवार्ड किलियन एमबाप्पे स्पेनिस क्लब रियल म्याड्रिड जाने चर्चा चलिरहेको छ ।

अहिले पनि रियल एमबाप्पेलाई अनुबन्धन गराउन चाहन्छ । तर एमबाप्पे पिएसजीमा नै बस्ने समाचार बाहिर आएको छ । फ्रान्सको पत्रिका लेकुपका अनुसार रियलले आफ्नो क्लबमा अनुबन्ध गर्न चाहे पनि एमबाप्पे भने पिएसजीमा नै बस्न राजी भएका छन् ।

सो पत्रिकाका अनुसार एमबाप्पेको सम्झौता सन् २०२२ सम्म रहेको छ । पिएसजी २०२२ मा एमबाप्पेलाई सित्तैमा बेच्ने तर हालको लागि उनलाई क्लबमा नै राख्ने योजनामा रहेको छ ।

त्यस्तै एमबाप्पेलाई क्लबमा राख्नका लागि पिएसजीले नेमारलाई दिने जति नै तलब दिनका लागि राजी भएको पनि लेकुपले जनाएको छ । नेमारले प्रति हप्ता ६ लाख पाउण्ड तलब बुझ्छन् भने एमबाप्पेको त्यसको आधा जस्तो मात्र तलब रहेको छ ।

सन् २०१७ मा मोनाकोबाट एक सय ६६ मिलियन पाउण्डमा पिएसजी आएका २१ बर्षिय एमबाप्पेले सबै प्रतियोगिता गरेर क्लबका लागि १२० खेल खेल्दै ९० गोल गरेका छन् ।

Click to comment

Trending