Headline

जर्मन किपर नोयरका मृत घोषित साथी चार बर्षपछि जिउदै

Published

on

जर्मनी राष्ट्रिय फुटबल टिमका गोलकिपर मानुएल नोयरका मृत घोषित पुराना साथी हियनिक काम्बालाई चार बर्ष पछि जिउदै भेटिएका छन् ।

बुन्डेसलिगा क्लब साल्केबाट पनि खेलेका काम्बालाई चार बर्ष अगाडी एक कार दुर्घट्नामा मृत घोषित गरिएको थियो । २०१६ मा उनी मृत घोषित हुदा हुल्सका लागि खेल्दै थिए । उनकी पत्नीलाई यो नाटकीय घट्नाक्रममा उनको मृत्यु रच्दै बिमा र सम्पत्ति आफुले राख्न चाहेको आरोप पनि लागेको छ ।

जर्मन पुलिसले काम्बालाई जोलसनकर्चेन शहरमा भेट्टाएको जनाएको छ । काम्बाले अब आफै साक्षी बस्दै मुद्दा लड्ने पनि जनाएका छन । काम्बाको अनुसार उनकी श्रीमतीले उनलाई कँगो गएको दिन बिच बाटोमा एक्लै छोडेर मोबाइल, राहदानी र पैसा सबै लिएर घना जङ्गलमा छोडेको बताएका छन् ।

काम्बाले २०१८ मा जर्मनी फर्किने प्रस्ताव राखेका थिए । धेरै कुराहरु पहिचान गरेपछि मात्र उनलाई जर्मनीले भिसा दिएको थियो । उनी २०१९ देखी एक केमिकल कम्पनीमा काम गर्दै आएका छन ।

सन् १९८६ मा शरणार्थीका रुपमा जर्मनी पसेका उनको परिवारलाई जर्मन सरकारले २००५ मा कँगो फिर्ता पठाएको थियो । तर उनी साल्केको तत्लाकिन युवा टोलीमा भएका कारण उनको भविष्यलाई मध्येनजर गर्दै क्लबले राखेको थियो ।

Click to comment

Trending