Headline

जर्मन लिग सुचारु गर्नुअघि १० फुटबलरमा कोरोना देखियो

Published

on

पाँच दिनपछि स्थगित लिगहरु सुचारु गर्ने तयारी गरिहेको जर्मन फुटबल लिगले माथिल्लो दुई श्रेणीका क्लबहरु १० जनामा कोरोना भाइरसको संक्रमण पाइरहेको पुष्टि गरेको छ ।

जर्मन फुटबल लिगले १७ सय २४ खेलाडीहरुको परिक्षण गरेकोमा १० जना कोरोना भाइरस पोजिटिभ पाइएको बताएको हो । खेलाडीहरुलाई छुट्टा–छुट्टै समुहमा प्रशिक्षण गराइरहेको लिगले शुरुमा सबैको परिक्षण गरेको थियो । संक्रमित भएका खेलाडीहरुलाई आइसोलेसनमा राखेर चाहिएको प्रकृया पुरा गरिएको छ, जर्मन लिगले सोमबार साँझ जानकारी दिएको छ ।

आइतबार आफ्ना तीन खेलाडीलाई कोभिड–१९ को संक्रमण भएको बताएको माथिल्लो श्रेणीको क्लब कोलोनले त्यसपछि अन्य खेलाडीहरुमा संक्रमण नपाइएको पनि जानकारी दिएको छ । तीन वटै खेलाडीहरुमा कोरोनाको कुनै लक्षण देखिएको थिएन भने उनीहरुको पहिचान पनि खुलाइएको थिएन ।

युरोपमा अन्य देशको तुलनामा कम संक्रमण रहेको जर्मनीले सबैभन्दा पहिलो फुटबल लिगहरु सुचारु गर्न गइरहेको हो । यसअघि मे ९ मा सुचारु गर्ने भने पनि सरकारले रोक लगाएपछि अब मे १६ या त त्यसको एक हप्तापछि बुन्डेसलिगा सञ्चालनमा आउनेछ ।

कोलोनले दुई पटकको परिक्षणमा नेगेटिभ देखिएका खेलाडीहरुलाई मात्र प्रशिक्षण गर्न दिइएको र सोही अनुरुप खेल्न अनुमति दिइने निर्णय लिएको छ । जर्मन लिगले दोश्रो चरणमा पनि खेलाडीहरुको परिक्षण गर्नै बताउदै आएको छ ।

जर्मनीमा सबै क्लबहरुले प्रशिक्षण शुरु गरिसकेका छन् ।

Click to comment

Trending