Headline

रेलिगेसन नहुने हो भने धेरै क्लब न्युट्रल भेन्युमा खेल्न राजी

Published

on

कोरोना भाईरसका करण मार्च १३ देखी स्थगित खेलहरु जुनमा शुरु गराउन इङ्गलिस एफए तयारीहरु गर्दै छ ।

इङ्गल्यान्डको धेरै ठाँउमा कोरोना संक्रमण देखिन थालेपछि एफए ले सुरक्षित क्षेत्रका १० रँगशालामा न्युट्रल भेन्यु रख्दै लिगलाई पुन सुचारु गर्ने भनेको छ । धेरै ठूला क्लबहरु यसमा राजी भए पनि तल्लो स्थानमा रेलिगेसन बाट बच्न संघर्ष गरिरहेका क्लबहरुलाई भने यो कुरा स्विकार्य छैन ।

ब्राइटनका अनुसार न्युट्रल भेन्युमा गएर खेल्न अंक तालिकामा तल रहेका क्लबहरु खुशी नहुने बताएका छन् । ब्राइटनले न्युट्रल भेन्युमा गएर खेल्दा लिगको प्रतिष्ठामा आँच आउनेछ । रेलिगेसनको जोखिममा रहेको बेला न्युट्रल भेन्युमा खेल्ने बिषय तल्लो स्थानका क्लबहरुलाई अनुचित लागिरहेको छ ।

प्रिमियर लिग स्थगित भएको झन्डै एक महिना बित्न लगिसकेको छ । कोभिद–१९ को महामारी नफैलिएको स्थितिमा अहिले क्लबहरु नयाँ सिजनको तयारीमा जुट्नु पर्ने बेला थियो । तर महामारीका करण रोकिएको लिगका ९२खेलहरु अझै बाँकी छन् । इङ्गल्याण्डको एफएले सिजन सुचारु गर्ने तयारी गरिरहेको बेला धेरै क्लबहरु सुरक्षित हुने हो भने खेल्न राजी पनि भएका छन भने कुनै क्लबहरु यसको बिरुद्धमा छन् ।

अवस्था सामान्य नभए सम्म बन्द रँगशालमामा खेल्न पनि तयार देखिन्छन् । आ–आफ्नो घाटालाई बेवास्ता गर्दै क्लबहरु सिजन पुन सुचारु गर्नलाई तयार रहेको अवस्थामा लिगको तल्लो स्थानमा रहेका क्लबहरुले आवाज उठाउनु जायज र नाजायज दुबै देखिन्छ ।

क्लबहरुले धेरै खेलाडीहरुको कन्ट्रयााक्ट जुन ३० मा सकिने भएकाले आफ्नो खेलमा असर पर्ने पनि खुलाएका छन् । यो बिषयमा ब्राइटनका प्रमुख कार्यकारी निर्देशक पल बार्बर भन्छन्ः “बाँकीका खेलहरु सक्काउनु राम्रो कुरा हो । यो निर्णयलाई सम्मान गर्नुपर्छ । बन्द रँगशालामा खेलाउनु पनि राम्रो हो तर यस्तो अवस्थामा न्युट्रल भेन्युमा खेल्दा प्रतिस्पर्धाको कमि त हुन्छ नै साथमा लिगको प्रतिष्ठामा पनि आँच आउने छ ।”

रेलिगेसनमा पर्दा बेहोर्नु पर्ने आर्थिक क्षतिको डरमा रहेका तल्लो स्थानका क्लबहरु रेलिगेसनको प्रावधान हटाउन पनि एफएसँग आग्रह गरिरहेका छन् । अर्को सिजन च्याम्पियन्ससिपमा झर्नु परेको अवस्थामा रेलिगेट भएका क्लबहरुले ठूलो घाटा बेहोर्ने तय नै छ ।

उनीहरुले रेलिगेसन हटाउदै च्याम्पियन्ससिपबाट उक्लने तीन टोलीलाई समेट्दै २०२०–२१ को सिजन २३ टोलीबीच प्रिमियर लिग गराउन एफएलाई आग्रह पनि गरेका छन् । खेलमा दर्शक नहुने भए पनि सुरक्षाकर्मी, टेलिभिजनका कर्मचारी र मैदानका कर्मचारी सहित धेरैको संलग्नता हुने भएकाले उनीहरुको सुरक्षातर्फ पनि ध्यान दिन सतर्क गराइएको छ ।

प्रस्तावित सबै १० खेल मैदान प्रिमियर लिग टोलीकै हुने भन्ने छैन । धेरै मैदान प्रिमियर लिग टोलीको भए पनि अरु भने च्याम्पियनसिप टोलीहरुका पनि हुने छन् । मे ७ मा इङ्गलिस सरकारले लकडाउनको बिषयमा निर्णय लिएपछि प्रिमिय लिगले पनि आफ्नो काम थाल्ने बताएको थियो ।

Click to comment

Trending