Headline

कोहली भन्दा रोहित प्रभावकारी लाग्छन् गम्भिरलाई

Published

on

भारतीय क्रिकेट टोलीका पूर्व ओपनिङ्ग ब्याट्स्म्यान गौतम गम्भिरले सेतो बल क्रिकेट (एकदिवसीय र ट्वान्टी) मा कप्तान बिराट कोहलीको भन्दा उपकप्तान रोहित शर्माको प्रभाव बढी रहेको बताएका छन् ।

रोहितले भन्दा कोहलीले धेरै रन बनाए पनि प्रभावलाई आधार मान्ने हो भने भारतीय कप्तान धेरै पछि परिसकेको धारणा पनि गम्भिरले ब्यक्त गरे । त्यस्तै उनले खेल जीवन सक्किने समय सम्ममा रोहितले भन्दा कोहलीले धेरै रन बनाउने पनि आंकलन गरे ।

“मेरो लागि ट्वान्टी ट्वान्टी र एकदिवसीय खेलमा कसको प्रभाव बढी र राम्रो हुन्छ भन्ने हो । कोहलीले शायद रोहितको भन्दा धेरै रन बनाएका छन् । र उनी हाल एक उत्कृष्ट मध्येकै उत्कृष्ट ब्याट्स्म्यान पनि हुन् । तर पनि रोहितको प्रभाव कोहलीको भन्दा धेरै राम्रो छ,” गम्भिरले भने ।

“मेरो बिचारमा रोहित ट्वान्टी ट्वान्टी र एकदिवसीय खेलमा अहिलेको उत्कृस्ट ब्याट्सम्यान हुन् । उनी महान खेलाडी नहोलान् तर अहिलेको सबैभन्दा राम्रो ब्याट्सम्यान भने पक्कै हुन् । एकदिवसीयमा तीन दोहोरो शतक र एकै विश्वकपमा पाँच शतक प्रहार गर्ने एक मात्र ब्याट्सम्यान हुन् । जब उनी शतक बनाएर आउट हुन्छन् समर्थकहरु रोहितले फेरी अर्को दोहोरो शतक बनाउनबाट चुके भन्छन्,” भारतलाई २०११ को बिश्वकप जिताउन क्रममा महत्वपूर्ण ९७ रन बनाएका गम्भिरले भने ।

रोहित र कोहलीको तुलना गर्न निकै कठिन छ । कोहली एक अविश्वसनीय खेलाडी हुन् । उनको तथ्याङ्कले पनि उनी कस्ता खेलाडी हुन् भन्ने जनाउँछ, एक समय कोहलीसँग मनमुटाव रहेका गम्भिरले थपे ।

३३ बर्षिय रोहितले दुई सय २४ एकदिवसीय खेलमा ४९ दशमलब २९ को औसत र ८८ दशमलब ९२ को स्ट्राइक रेटमा नौं हजार एक सय १५ रन बनाएका छन । ३१ बर्षिय कोहलीले ५९ दशमलब ३३ को औसत र ९३ दशमलब २५ को स्ट्राइक रेटमा दुई सय ४८ खेलमा ११ हजार आठ सय ६७ रन बनाएका छन् ।

रोहित र कोहलीले एकदिवसीय अन्तर्राष्ट्रियमा क्रमशः २९ शतक र ४३ अर्धशतक तथा ४३ शतक र ५८ अर्धशतक प्रहार गरेका छन् । त्यस्तै ट्वान्टी ट्वान्टीमा कोहलीले ८२ खेलमा ५० दशमलब ८० को औसतमा दुई हजार सात सय ९४ र रोहितले १ सय ८ ट्वान्टी ट्वान्टीमा ३२ दशमलब ६२ को औसतमा दुई हजार दुई सय ७३ रन बनाएका छन् ।

भारतले २०११ को एकदिवसीय र २००७ को ट्वान्टी ट्वान्टी विश्वकप जित्दाका ओपनर गम्भिरले रोहितको सफल क्रिकेट खेल जीवनको श्रेय पुर्व कप्तान महेन्द्र सिंह धोनीलाई दिए । धोनीले नै रोहितलाई मध्यक्रमबाट ओपनिङमा ब्याटिंङ गर्न लगाएका थिए ।

Click to comment

Trending