Headline

मोहम्मद सामी तीन पटक आत्महत्या गर्न चाहन्थे

Published

on

भारतीय राष्ट्रिय क्रिकेट टोलीका तिब्र गतिका बलर मोहम्मद सामीले आफूले तीन पटक आत्महत्याका बारेमा सोचेको खुलासा गरेका छन् ।

टिमका उप–कप्तान रोहित शर्मासँग इन्स्टाग्राममा गरिएको प्रत्यक्ष कुराकानीमा सामीले २०१५ को बिश्वकप दौरान चोट बोकेपछि त्यसबाट मुक्त हुन नसक्दा खेलबमा केन्द्रित हुन नसकेपछि आत्महत्याको बारेमा सोचेको सामीले बताएका हुन् । त्यही समय सामी पारिवारिक समस्यालाई लिएर पनि संघर्ष गरिरहेका थिए ।

“म २०१५ को बिश्वकप दौरान घाइते भए । मलाई राष्ट्रिय टोलीमा फर्कनको लागि १८ महिना लाग्यो । त्यो १८ महिना मेरो जिन्दगीको सबैभन्दा दर्दनाक समय थियो,” सामीले शर्मालाई आफ्नो अनुभव सुनाए । “मलाई चोटको उपचारपछिको रिह्याबमा यसै पनि गाह्रो भइरहेको थियो र त्यही समय मेरो पारिवारिक समस्या अगाडी आयो ।”

“त्यसपछि फेरि आईपिएल (इण्डियन प्रिमियर लिग) शुरु हुनुभन्दा अगाडी दुर्घट्ना भयो । मेरो व्यक्तिगत मुद्दाहरुलाई लिएर पनि व्यापक मिडियाबाजी भइरहेको थियो,” आफू खेलमा फर्कन सफल रहनु पछाडी परिवारले ठूलो भुमिका खेलेको भन्दै सामीले सुनाए ।

आधुनिक क्रिकेटमा भारतले आफ्नो फास्ट बलिङ्गको समस्या समाधान गरिसक्दाका सामीले २०१९ को बिश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

Click to comment

Trending