Headline

रियलमै बस्न चाहन्छन् मार्सेलो

Published

on

रियल म्याड्रिड तथा ब्राजिलियन डिफेन्डर मार्सेलोले स्पेनिस टोली रियल म्याड्रिडमा नै बस्ने इच्छा ब्यक्त गरेका छन् । पछिल्लो समय मार्सेलो इटालियन क्लब युभेन्टस जाने चर्चा चलिरहेको छ ।

इटालीका २००६ का बिश्वकप बिजेता कप्तान फाबियो कानाभारोसँगको प्रत्यक्ष फेसबुक कुराकानीमा उनले आफू रियलमा नै बस्न चाहेको र क्लबले पनि राख्न चाहेको बताएका छन् । क्रिष्चियानो रोनाल्डोसँग राम्रो सम्बन्ध रहेको र यस अघि रोनाल्डो आफैले पनि मार्सेलोलाई युभेन्टसमा देख्न चाहेको बताएका कारण उनले रियल छाड्ने आंकलन गरिएको हो ।

सन् २००७ मा फ्लुमिनेन्सेबाट रियल आएका मार्सेलोले कानाभारोसँग कुरा गर्दै आफुले सान्टियागो बर्नाबेउ छोड्ने बारे नसोचेको पनि बताए । ३१ बर्षिय मार्सेलोले भनेः “म रियलमा निकै खुशी छु । म यहाँ आफ्नो परिवारसँग आएको हो । यहाँको बसाई पनि राम्रो छ । इमान्दारीपुर्वक भन्न पर्दा युभेले मलाई आबद्ध गर्न चाहेको हो भन्ने कुरा पनि मलाई थाहा छैन ।”

“करिब दुई बर्ष अघि मात्र पनि म रोनाल्डो बिना बाच्न नसक्ने र मैलें युभेको जर्सी पनि लगाएको भन्दै क्लबमा हल्ला चलेको थियो । त्यस्तै त्यहाँको समर्थकहरु पनि मैलें क्लबमा आबद्ध भएकोमा खुशी भएका थिए,” मार्सेलो भन्छन् ।

मार्सेलोले युरोपमा व्यवसायिक फुटबल रियल बाहेक अन्य क्लबबाट खेलेका छैनन् । उनले रियलको जर्सीमा ५ सय ५ खेल खेलिसकेका छन् । रियलका लागि सर्वाधिक खेल खेल्ने सुचीको १० औं स्थान नजिक छन् मार्सेलो । पुर्व मिडफिल्डर मिचेल ५ सय ५९ खेल सहित १० औं स्थानमा छन् ।

स्पेन बसाईका क्रममा मार्सेलोले समान ४–४ पटक स्पेनिस ला लिगा र च्याम्पियन्स लिगको उपाधि जितेका छन् । उनी युईएफए बर्ष टोलीमा ६ पटक र ला लिगा सिजनको टोलीमा एक पटक परेका थिए ।

Click to comment

Trending