Headline

खेलाडीले बल चम्काउन थुक र पसिना प्रयोग गर्न नपाउने

Published

on

क्रिकेट अस्ट्रेलियाले कोरोना भाइरसका कारण अब शुरु हुने अभ्यासका क्रममा खेलाडीहरुलाई बल चम्काउन थुक अथवा पसिना प्रयोगमा रोक लगाउने भएको छ ।

हाल कोरोनाका कारण खेलहरु मात्र ठप्प भएका छैनन्, अभ्यास पनि रोकिएको छ । तर संघिय सरकारले कोरोनाको प्रभाब कम भए पछि खेलाडीहरु अभ्यास फर्कने बेलामा अपनाउनु पर्ने सावधानीका स्वरुप यस्तो प्रतिबन्ध लगाउन लागेको हो ।

कोरोनाको डर अथवा प्रभाव कम गराउनका लागि यस्तो व्यवस्था गर्न लागिएको हो । कोरोना थुक र पसिनाबाट पनि सर्ने भन्दै अन्तरास्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पनि अन्तरास्ट्रिय खेल फर्किएको केहि समय सम्म थुक अथवा पसिनाको सट्टामा खेलाडीहरुलाई बल चम्काउन कृत्रिम पदार्थ दिने समाचार बाहिर आएका छन् । तर यसका लागि अम्पायरको निगरानीमा मात्र गर्न पाइने छ ।

त्यस्तै खेलाडीहरुका लागि ए, बी र सी गरेर तीन खालको रुपरेखा पनि तयार पारिएको छ । हालको अवस्थालाई लेभल ए दिइएको छ । जस अनुसार खेलाडीहरुलाई व्यक्तिगत अभ्यास बाहेक सबैमा रोक लगाइएको छ ।

अवस्था सामान्य भएको खण्डमा एक वा दुई हफ्ता जस्तो समयमा लेभल बी लागु हुनेछ । जसमा खेलाडीहरुले नेटमा अभ्यास गर्न पाउने छन् । थोरै बलरहरु राखेर ब्याट्सम्यानले बलरको सामना गर्ने छन् । त्यस्तै फिल्डिंङमा भने कुनै प्रतिबन्ध लगाइएको छैन । अनावास्यक व्यक्तिलाई पनि अभ्यासका क्रममा प्रतिबन्ध लगाइने छ । अभ्यासका क्रममा खेलाडीहरुलाई बल चम्काउन थुक अथवा पसिना प्रयोग गर्न पाउने छैनन् ।

तेश्रो तथा अन्तिम हो लेभल सी । लेभल सी को अनुमती भने के कहिले दिइने भन्ने यकिन छैन । कोरोनाको प्रभाब धेरै हदसम्म कम भए पछि यसको अनुमती दिइने छ । लेभल सी अन्तर्गत पुर्णरुपमा अभ्यास र प्रतियोगिताहरुको सुचारु रहेको छ । तर यसमा पनि बल चम्काउन थुक अथवा पसिना प्रयोगमा प्रतिबन्ध लगाइने छ ।

Click to comment

Trending