Headline

१० बिश्वस्तरीय फुटबलर जो पढाइमा पनि अब्बल छन्

Published

on

आधुनिक फुटबलमा एक पछि अर्को गर्दै प्रतियोगिताहरुको लर्को नै लाग्ने गर्दछ । अझै युरोपमा लामो समय चल्ने घरेलु लिग, च्याम्पियन्स लिग र अन्तर्राष्ट्रिय खेलहरुका कारण कतिपय खेलाडीहरुलाई आफ्नै देशको लागि खेल्न पनि धेरै सोच्नुपर्ने हुन्छ । यस्तो समयमा खेलाडीले खेल्ने मात्र गर्छन कि पढ्छन् भन्ने पनि हुन्छ । अझै क्लबको एकेडेमी टिममा सानै उमेरदेखि स्थान बनाएका खेलाडीहरु कति सम्म पढ्ने गरेका छन् भन्ने पनि धेरैको चासोको बिषय रहेको छ ।

विश्व फूटबलमा हेर्ने हो भने धेरै खेलाडीहरुले राम्रा शिक्षा लिएका हुन्छन् । कसैले त बिद्यावारिधि सम्म गरेका हुन्छन् । धेरै खेलाडीहरु भने कलेज ड्रप–आउट पनि हुने गर्छन् । आज हामी सबैभन्दा बढी पढेका फुटबलरहरुको बिषयमा चर्चा गर्नेछौं ।

सिमोन मिग्नोलेट

लिभरपुलका च्याम्पियन्स लिग बिजेता हुन सिमोन मिग्नोलेट । उनी हाल बेल्जियमको क्लब ब्रुगबाट खेल्ने गर्छन् । प्रिमियर लिगमा धेरै समय बिताएका मिग्नोलेटले इङ्गल्यान्ड बसाइका क्रममा राजनीति शास्त्रमा डिग्री लिएका थिए । उनी पाँच बिभिन्न भाषा पनि बोल्ने गर्छन् । ३१ बर्षिय मिग्नोलेट आफ्नो कक्षाको उत्कृष्ट मध्ये एक बिद्यार्थि रहेको उनका शिक्षकले बताएका थिए ।

फ्रान्क लाम्पार्ड

चेल्सी लिजेन्ड तथा हाल क्लबका व्यवस्थापक फ्रान्क लाम्पार्ड बुद्धिमान विद्यार्थी थिए । इङ्गल्यान्डका उत्कृष्ट मिडफिल्डर मध्येका एक लाम्पार्डले आफ्नो जीवनमा पढाईले ठूलो भूमिका खेलेको पनि बताउदै आएका छन् । ४१ बर्षिय लाम्पार्डले ब्रेन्टवुड स्कुलबाट ल्याटिन कोर्समा पढाई पुरा गरेका थिए । ईतिहासको एक अध्याय समेत मानिने यो कोर्स अथ्ययनका लागि गाह्रो भएपनि लाम्पार्डले ए डिग्री हासिल गरेका थिए ।

जुवान माटा

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर जुवान माटाले आफ्नो खेल जीवन भ्यालेन्सियाबाट शुरु गरेका थिए । चेल्सीसङ्ग आवद्ध भइ स्ट्यामफोर्ड ब्रिजमा ५ बर्ष बिताएका माटाले स्पोट्र्स म्यानेज्मेन्ट र फाइन्यान्समा बिद्यावारिधी गरेका छन् ।

आन्द्रेस इनिएस्टा

स्पेन तथा बर्सिलोना लिजेन्ड आन्द्रेस इनिएस्टा धेरै पढेका खेलाडी मध्येका एक हुन् । स्पेनको धनी परिवारमा हुर्केको उनलाई पढाईमा धेरै नै रुचि थियो । बिश्वकप र दुई पटकको युरो कप बिजेता समेत रहेका इनिएस्टासँग दुईवटा बिषयको डिग्रि छ । स्पेनको विश्वबिद्यालय बाट जीव बिज्ञान र खेलकुद बिज्ञान दुबैको पडाइ सकाएका इनिएस्टा हाल जपानमा व्यवसायिक फुटबल खेल्दै आएका छन् ।

आन्द्रे आर्सभिन

फुटबल मात्र नभएर फेसन दुनियाँको चर्चित नाम हो आन्द्रे अर्सभिन । पुर्व रसिया र आर्सनल खेलाडी आर्सभिन आफ्नै देशमा छुट्टै ब्रान्ड बनाउन पनि सफल भएका छन । सेन्ट पिट्स्बर्गमा खेल्ने बेला देखी नै उनको रुची फुटबलमा मात्र नभै अरु धेरै कुरामा रहेको थियो । आर्सभिनले फेसन डिजाइनिङमा स्नातकोत्तर गरेका छन् भने उनको छुट्टै कम्पनी पनि रहेको छ ।

जोर्जियो चिलिनी

इटाली तथा युभेन्टसका डिफेन्डर चिलीनी पनि शिक्षित खेलाडी हुन् । उनले युनिभर्सिटी अफ टुरिनबाट २०१० मा व्यवस्थापन संकाय अन्तर्गत अर्थशास्त्रमा बिद्यावारिधी गरेका थिए भने २०१७ मा अर्को स्नातकोत्तर गरिरहेका छन् । ३५ बर्षिय चिलिनी इटालीको फुटबलमा पनि शिक्षित खेलाडी हुन् ।

सोक्रेटिस

सोक्रेटिस ब्राजिलका अब्बल खेलाडीको रुपमा चिनिने गर्थे । उनको त अझ खेलाडीहरुले नाम नै डक्टर सोक्रेटिस राखिदिएका थिए कारण थियो प्राचिन कालका ग्रिक दार्शनिक सोक्रेटिसको नाम । ब्राजिलले पाएको उत्कृष्ट खेलाडी सोक्रेटिसले दर्शनशास्त्र मै आफ्नो पढाइ पुरा गरेका थिए ।

भिन्सेन्ट कोम्पानी

म्यानचेस्टर सिटीका लेजेण्डरी डिफेन्डर कोम्पानी हाल एक प्रशिक्षकको रुपमा बेल्जियममा काम गर्दै आइरहेका छन् । तर कोम्पनीले म्यानचेस्टर बसाइमा अलायन्स म्यान्चेस्टर बिजनेस स्कुलबाट एमबिए गरेका थिए । २०१० देखी २०१७ सम्म उनले आफ्नो पढाइ सकाएका थिए । कोम्पानीले आफले सिटी छोडिसके पछि धेरै व्यापारिक घरानाले उनलाई जागिर प्रस्ताव राखेको पनि खुलाएका थिए ।

ग्लेन जोन्सन

आफ्नो खेल जीवनको संघरमा पुगिसकेका ग्लेन जोन्सनले २०१२ मा गणित बिज्ञानमा डिग्री पुरा गरेका थिए । लिभरपुलका पर्व खेलाडी समेत रहेका उनले एक कार्यक्रममा पढाई पुरा गर्नका लागि दिनको दुई घण्टा पढ्ने गरेको पनि बाताएका थिए। उनले आफ्नो खेल जीवनपछि यही बिषयमा काम गर्ने पनि बाताएका थिए।

एड्विन भान डर सार

म्यानचेस्टर युनाइटेड तथा नेदरल्यान्ड्सका लेजेण्डरी गोलरक्षक भान डर सार एक शिक्षित खेलाडी हुन् । खेल जीवनमा ३७ ट्रफी जितेका उनले म्यानचेस्टर युनाइटेडले २००७ मा चाम्पियन्स लिग जित्दा मुख्य भुमिका खेलेका थिए । उनले स्पोर्टस म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन् । उनले गरेको स्पोर्टस म्यानेजमेन्टको कारण उनले नेदरल्यान्ड्सको ३४ पटकको प्रथम श्रेणीको लिग बिजेता आयक्समा बजार निर्देशकको रुपमा काम पनि गरेका थिए ।

Click to comment

Trending