Headline

अमेरिकी महिला फुटबलरहरुको मुद्दा खारेज

Published

on

महिला फुटबलको शक्ति मानिने अमेरिकाका महिला फुटबलरहरुले लैंगिक बिभेद गर्दै कम तलब दिएको भन्दै त्यहाको फुटबल महासंघबिरुद्ध हालेको मुद्दा अदालतले खारेज गरेको छ ।

महिला खेलाडीहरुले क्यालिफोर्निया राज्यको अदालतमा युएस फुटबल महासंघबिरुद्ध लैंगिक बिभेद गर्दै पुरुष टिमको तुलनामा कम ललब सुबिधा दिएको भन्दै मुद्दा दायर गरेका थिए । तर शुक्रबारको सुनुवाईमा अदालतले महासंघको पक्षमा निर्णय सुनाउदै मुद्दा खारेज गरिदिएको छ ।

अमेरिकी विश्व बिजेता खेलाडी मेगन रापिनोले केही बर्ष अगाडि पनि एक कार्यक्रममा बिभेदताको कुरा उठाएकी थिइन । अमेरिकी महिला राष्ट्रिय टोलीले ६७ मिलियन डलरको क्षतिपुर्ति माग गर्दै मुद्दा हालेका थिए ।

अदालतले महिला फुटबलरहरुले महासंघबिरुद्ध लगाएको आरोप गलत भएको पनि जनाएको छ भने उल्टै पुरुष टिमभन्दा बढी तलब र सुविधा पाएको देखिएको पनि बताएको छ । अमेरिकी फुटबल महासंघले महिला खेलाडीका लागि दिएको सुविधा, मैत्रिपूर्ण खेलबाट आएको भत्ता, प्रतियोगितामा बिजयी भएपछिको पुरस्कार र भ्रमण भत्ता पुरुष खेलाडी भन्दा बढी रहेको निर्णय सुनाएको थियो ।

आफुहरुले गरेको मुद्दा जायज भएको र त्यस्लाई अदालतले खारेज गरिदिएकोमा महिला फुटबलरहरुले असन्तुष्टी जनाएका छन् । रापिनोले सुनुवाई आफ्नो पक्षमा नआए पनि बिभेदताको यो लडाई अझै जारी राख्ने बताइन् ।

अमेरिकी टोलीले गत बर्ष महिला बिश्वकपको उपाधि नै जितेको थियो । रापिनो प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता पनि घोषित भएकी थिइन् ।

Click to comment

Trending