Headline

एक समय टेनिस छोड्ने निर्णयमा पुगिसकेका थिए जोकोभिच

Published

on

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचले १० बर्ष अघि आफूले टेनिस छोड्न खोजेको खुलासा गरेका छन् ।

एक टिभीलाई अन्तर्वार्ता दिदै जोकोभिकले सन् २०१० को सिजनमा लगातार खराब प्रदर्शन गरे पछि आफू निकै हतोत्साहित भएको र टेनिसबाट सन्यास लिने अथवा खेल्न नै छोड्ने योजना बनाएको खुलाएका हुन् ।

सन् २००८ मा अस्ट्रेलियन ओपनको उपाधि चुम्दै खेल जीवनको पहिलो ग्राण्ड स्ल्याम जितेका जोकोभिचले सन् २०१० को सिजनमा निकै संघर्ष गरेका थिए । उनले रोजर फेडेरर र राफेल नाडाल बिरुद्धको खेलमा पनि सोचे अनुसारको प्रदर्शन गर्न सकेका थिएनन् । एक पछि अर्को प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेका जोकोभिच २०१० को फ्रेन्च ओपनका क्रममा क्वाटर फाइनलमा दुई सेटले अघि रहदा पनि पनि अस्ट्रियाका यर्गेन मेल्जरसँग हारेका थिए ।

“जोकोभिच त्यस समय बिश्व बरियतामा तेश्रो स्थानमा रहेका थिए । भावनात्मक रुपमा त्यो हार मेरो लागि निकै कठिन थियो । प्रतियोगिताबाट बाहिरिए पछि म निकै रोए । त्यो यस्तो हार थियो जब मैलाई मेरो आखा अगाडी नै अन्धकार भएको महसुस भयो । म विश्व बरियताको तेश्रो नम्बरमा थिए तर पनि म खुशी थिइंन । मलाई टेनिस छाड्न मन थियो,” सर्बियन जोकोभिचले भने ।

“मलाई थाहा थियो म अझै राम्रो गर्न सक्थें । राम्रो खेल्दा खेल्दै पनि म फेडरर र नाडालसँग हारिरहेको थियो । तर मेल्जरसँगको हार नै मेरो लागि ठूलो पाड बन्यो । मैंले सबै कुराबाट मुक्त भए जस्तो अनुभुती गरें । त्यस पछि मैंले आफुबाट दवाब हटाए । अझै आक्रमक खेल्न थालें । त्यस पछि मेरो खेल जीवनमा नै परिवर्तन आयो,” जोकोभिच सम्झन्छन् ।

खराब समयपछि उत्कृष्ट लयमा फर्किएका जोकोभिचले २०११ को सिजनमा तीनवटा ग्राण्ड स्ल्याम जिते । ३२ बर्षिय जोकोभिचले हालसम्म १७ ग्राण्ड स्ल्याम जितिसकेका छन् । उनी सबैभन्दा बढी ग्राण्ड स्ल्याम जित्ने स्विस लिजेण्ड फेडेरर भन्दा तीन र स्पेनिस नाडाल भन्दा दुई उपाधिले मात्र पछि छन् ।

Click to comment

Trending