Headline

१०० बलको क्रिकेट पनि अर्को बर्षका लागि स्थगित

Published

on

क्रिकेटको सबैभन्दा छोटो ढाँचाको खेल द हन्ड्रेड एक बर्ष पछाडी धकेलिएको छ । इङ्गल्यान्ड क्रिकेट बोर्डले कोरोना भाइरसको प्रकोपको कारण यस बर्ष आयोजना नगर्ने भन्दै प्रतियोगिता सारेको हो ।

आठ टोलीको सहभागिता रहने प्रतियोगितामा प्रत्येक टोलीले १०० बलको सामना गर्नेछन् । विश्वभर फैलिएको कोरोनाका कारण बिभिन्न खेलकुद गतिविधि ठप्प छ भने महामारी केही हदसम्म नियन्त्रण भएपनि दर्शकको अनुपस्थितीमा खेलाइनु पर्ने बहस चल्दै आएको थियो ।

तर पूर्ण रुपमा व्यवसायिक फाइदाको लागि बनाइएको प्रतियोगितामा दर्शक राख्ने सम्भावना कम भएपछि यसलाई अर्को बर्षका लागि स्थगित गरिएको हो । द हन्ड्रेडको पहिलो संस्करण जुलाई १७ देखि अगस्ट १६ सम्मका लागि तय गरिएको थियो ।

इङ्गल्याण्डमा जुलाई १ सम्मका लागि खेलकुद गतिविधिहरुमा प्रतिबन्ध लगाइनुका साथै समाजिक जमघटमा पनि लगाइएको रोक कायमै रहदै आएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने द हन्ड्रेडमा ओभल इन्भिन्सिबल्समा आबद्ध रहेका छन् । गत अक्टोबरमा भएको ड्राफ्टमा उनलाई ओभलले एक लाख पाउण्डमा ख।िद गरेको थियो ।

ओभल टोलीमा सन्दिपबाहेक सुनिल नाराइन, टम कुर्रान, राइली रुस्सो जस्ता नाम चलेका खेलाडीहरु रहेका छन् । फ्राञ्चाइक लिगको ट्वान्टी ट्वान्टी स्वरुप बिश्वब्यापि रुपमै सफल भएपनि इङ्गल्याण्डले भने यसलाई हालसम्म त्यही अनुरुप चलाउन सकिरहेको थिएन । यसैको जवाफका रुपमा इङ्गल्याण्ड क्रिकेट बोर्डले १ सय बलको अवधारणा अगाडी ल्याएको हो ।

Click to comment

Trending