Headline

च्याम्पियन्स लिग नजित्दा पनि युरोपकै उत्कृष्ट थियो रियल: माउरिन्हो

Published

on

रियल म्याड्रिडले सन् २०११–१२ को सिजनमा च्याम्पियन्स लिग जित्न नसके पनि त्यो समय युरोपकै उत्कृष्ट क्लब रहेको पूर्व व्यवस्थापक होजे माउरिन्होले धारणा व्यक्त गरेका छन् ।

माउरिन्होले रियलको टोली सम्हाले पछि उसले स्पेनिस ला लिगामा बार्सिलोनाको दबदबालाई अन्त्य गरेको थियो । लगातार तीन सिजन ला लिगाको उपाधि जितेको बार्सिलोनालाई माउरिन्होको प्रशिक्षणमा रियलले ९ अंकले पछि पार्दै उपाधि चुमेको थियो ।

रियलले त्यस एकै सिजन सर्वाधिक गोल (१२१) र सर्वाधिक अंक (१००) को किर्तिमान पनि कायम गरेको थियो । रियल २०११–१२ च्याम्पियन्स लिगको सेमिफाइनलमा बायर्न म्युनिखसँग पराजित भएको थियो । बायर्नले त्यसपछि फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा हराउदै उपाधि जितेको थियो ।

रियलले समुह चरणमा लायोन, आयाक्स, डिनामो जाग्र्रेभलाई पाखा लाउदै ६ मध्ये ६ नै खेलमा जित हात पारेको थियो । त्यस्तै अन्तिम १६ को खेलमा सिएसकेए मस्कोलाई र क्वार्टर फाइनलमा अपोललाई समग्रमा ८–२ को फराकिलो अन्तरले पराजित गरेको थियो ।

हाल इङ्गलिस क्लब टोटनह्यामको जिम्मेवारी सम्हाली रहेका माउरिन्हो भन्छन्ः “त्यो सिजन रियल म्याड्रिड स्पेनको मात्र हैन विश्वको नै उत्कृष्ट क्लब थियो । हामी उत्कृष्ट थियौं त्यही भएर पनि होला च्याम्पियन्स लिगको सेमीमा बायर्नसँग अप्रत्यासित हार व्यहोर्दा त्यसको सामना गर्न निकै कठिन भएको थियो ।”

“जसरी हामीले किर्तिमान कायम गर्दै बार्सिलोनाको स्पेनिस ला लिगामा बर्चस्व समाप्त गर्यौ, त्यो निकै महत्वपूर्ण थियो, सन् २०१० देखि २०१३ सम्म रियल सम्हालेका पोर्चुगिज माउरिन्होले भने ।

Click to comment

Trending