Headline

अष्ट्रेलिया एक नम्बरमा, नेपाल ट्वान्टी ट्वान्टीमा १५ औं

Published

on

अष्ट्रेलिया चार बर्षमा पहिलो पटक बिश्व नम्बर एक टेस्ट टोली बन्न सफल भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसि) ले शुक्रबार जारी गरेको नयाँ बरियता अुनसार न्युजिल्याण्ड र भारतलाई पछाडी पार्दै अष्ट्रेलिया बिश्व नम्बर १ टेस्ट टोली बन्न सफल भएको हो । पहिलो तीन स्थानमा रहेको टोलीबीच मात्र दुई अंकको अन्तर रहेको छ ।

भारत तेश्रो स्थानमा धकेलिएको छ । सन् २००३ मा आईसिसिले बरियता प्रणाली गरेयता पहिलो तीन टिम यति सानो अंकले अगाडी पछाडी रहेको यो पहिलो पटक हो । जस्टिन ल्याँगर प्रशिक्षक नियुक्त भएको बर्ष २०१८ मा अष्ट्रेलियाले खेलेको पहिलो ६ टेस्ट मध्ये मात्र एकमा जित हात पारेको थियो ।

यस क्रममा अष्ट्रेलिया पाचौं स्थानसम्म खस्किएको थियो । तर पछिल्लो १२ टेस्टमा अष्ट्रेलियाले मात्र दुईमा पराजय बेहोरेको छ । भारत यसै बर्ष अष्ट्रेलिया भ्रमण गर्ने भएकोले नयाँ बरियतामा बिशेष परिवर्तन पनि आउन सक्ने छ ।

अष्ट्रेलिया ट्वान्टी ट्वान्टी बरियतामा पनि पहिलो नम्बरमा उक्लिएको छ । दोश्रोमा इङ्गल्याण्ड र तेश्रोमा फेरि एक पटक भारत रहेको छ । नेपाल भने ट्वान्टी ट्वान्टी बरियतामा १५ नम्बरमा रहेको छ । यसअघि जारी गरिएको बरियतामा नेपाल १७ स्थानमा रहेको थियो ।

नेपाल पछाडी पपुवा न्यु गिनी, नेदरल्याण्ड्स र ओमान रहेका छन् । त्यसपछि नामिबिया, सिँगापुर, कतार र हँगकँग रहेका छन् । नेपालले २०१९ मा केही महत्वूर्ण जितहरु हासिल गरेपछि बरियता सुध्रिएको हो । यद्दपि २०२० को शुरुवातमा नेपाल एसिसि एसिया कप इस्टर्न रिजन छनोटमा मलेसिया र हँगकँगसँग पराजित भएको थियो ।

एकदिवसीयमा इङ्गल्याण्ड पहिलो, भारत दोश्रो र न्युजिल्याण्ड तेश्रो नम्बरमा रहेको छ । दक्षिण अफ्रिका चौथो र अष्ट्रेलिया पाचौं स्थानमा छ । नेपाल एकदिवसीयमा १६ औं स्थानमा रहेको छ ।

Click to comment

Trending