Headline

अमेरिकी उप–राष्ट्रपति पद ताक्दै फिफा बर्ष खेलाडी रापिनो

Published

on

फिफा महिला बर्ष खेलाडी बिजेता मेगन रापिनोले बिश्वपको उपाधिसँगै अर्को महत्वपूर्ण उपाधि तोकेकी छिन् –– संयुक्त राज्य अमेरिकाको उप–राष्ट्रपति ।

३४ बर्षीया अमेरिकी फुटबल स्टारले बिहिबार डेमोक्रेटतर्फका राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उनकी पत्नी जिलसँग इन्स्टाग्राममा गरिएको प्रत्यक्ष कुराकानीमा आफू बाइडेनको उप–राष्ट्रपतिको रुपमा उम्मेदवारी दिन चाहेको बताइन् ।

४४ मिनेट लामो कुराकानीमा रापिनोले बाइडेनलाई राष्ट्रपतिको रुपमा समर्थन गर्न आफू तयार रहेको पनि बताएकी थिइन् । उनले यसअघि प्राइमेरीजमा मासाचुसेट्स राज्यका सिनेटर एलिजाबेथ वारेनलाई समर्थन गरेकी थिइन् ।

बाइडेनले एक जना महिला उप–राष्ट्रपति उम्मेदवारको चयन गर्ने प्रतिबद्धता जाहेर गर्दै आएका छन् । “म तपाईलाई अहिले नै निर्णय गर्नुहोस भन्न चाहन्न तर म फुटबल खेल्दा खेल्दै पनि उप–राष्ट्रपति बन्न सक्षम छु । तर तपाई उप–राष्ट्रपति चाहनुहुन्छ भने म अन्तर्वार्ताका लागि उपलब्ध हुनेछु । यसको लागि चाहिने छलफल हामी गर्दै तपाईको सुचिमा पर्न सक्छु । तर कुनै दवाब छैन,” रापिनोले बाइडेनलाई भनिन् ।

बाइडेनले उप–राष्ट्रपति बन्नका लागि तलब कटौति लिनु पर्ने भन्दै ठट्टा पनि गरेका थिए । केही महिनाअघि अमेरिकी महिला फुटबल टिमले संस्थागत रुपमा लैंगिक भेदभाव गर्दै पुरुष टिमको तुलनामा कम तलब दिएको भन्दै युएस फुटबल महासंघलाई ६६ मिलियन डलरको मुद्दा हालेको सन्दर्भमा बाइडेनले ठट्टा गरेका थिए ।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक (LGBTQ Community)  समुदायको समर्थनमा वकालत गर्दै आइरहेकी रापिनो राजनैतिक सन्दर्भमा नव आगन्तुक भने होइनन् । गत बर्ष अमेरिकाले महिला बिश्वकप उपाधि जितेको खण्डमा ह्वाइट हाउस नै नजाने भन्दै उनी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सार्वजनिक रुपमै बहसमा उत्रिएकी थिइन् ।

ट्विटरमा भएको बहसले ठूलै रुप लिएपछि ट्रम्पले आफू अमेरिकन टोली र महिला फुटबलको ठूलो समर्थक रहेको तर रापिनोले बोल्नु भन्दा जितेर देखाउनु पर्छ भन्दै ट्विट गरेका थिए । रापिनाले अमेरिकालाई बिश्वकप मात्र जिताइनन् उनी त्यस प्रतियोगिता उत्कृष्ट खेलाडी बन्नुका साथै सर्वाधिक स्कोररको रुपमा गोल्डेन बुट बिजेता पनि बनेकी थिइन् ।

Click to comment

Trending