Headline

मर्नु भन्दा अगाडि टोटन्ह्यामलाई ट्रफी जिताइ छाड्छु : पोचेट्टिनो

Published

on

टोटन्ह्यामका पूर्व व्यवस्थापक मौरिसियो पोचेट्टिनोले आफू फेरी क्लब फर्कदै टोलीलाई ट्रफि जिताई छाड्ने बताएका छन् ।

अर्जेन्टिनी प्रशिक्षकले २०१४ देखी २०१९ सम्म टोटन्ह्याम सम्हालेका थिए । उनको कार्यकालमा टोटन्ह्याम २०१५ को प्रिमियर लिग सिजनमा दोस्रो भएको थियो भने २०१८ को च्याम्पियन्स लिगको फाइनलसम्म यात्रा गरेको थियो ।

पाँच बर्ष क्लबमा बिताएका उनले हरेक बर्ष टोटन्ह्यामलाई प्रिमियर लिगको शिर्ष चार स्थानसम्म कायम राखेका थिए । एउटा पनि उपाधि जित्न नसक्नु भने उनको दुर्भाग्य रहन पुग्यो । २०१५ सिजनको लन्डन डर्बीमा चेल्सीसँग २–२ को बराबरी खेलेपछि लेस्टरसँग प्रिमियर लिग गुमाएको टोटनह्यामले पोचेट्टिनोको कार्यकालमा स्तरीय फुटबल खेलेको थियो।

२०१९ मा उनको स्थानमा टोटनह्यामले होजे माउरिन्हो भित्र्याएको थियो तर पोचेट्टिनोले टोटनह्याम उनको हृदय भित्र सधैं रहने र आफ्नो जीवनकालमा क्लबलाई उपाधि दिलाई छाड्ने बताए ।

“(टोटन्ह्यामसँग) मेरो अविस्मरणीय यात्रा थियो तर त्यसमा सबैले सोचे अनुरुपको अन्त्य भएन । मेरो अझै पनि एउटै सपना छ । मेरो आत्मा र मुटु देखी नै मलाई टोटनह्याम फर्केर क्लबलाई उपाधी जिताउने रहर छ । आशा छ म त्यो मेरो सपना पुरा गर्ने छु,” पोचेट्टिनोले भने ।

उनले हालका लागि पुराना कुरा बिर्सदै नयाँ काम तिर ध्यान दिरहेको पनि बाताए । “हामी प्रिमियर लिग र च्याम्पियन्स लिगको धेरै नजिक थियौँ तर अब त्यो कुरा बिर्सिने बेला भईसक्यो । अब म नयाँ कामहरुमा ध्यान दिदै छु । चाहे ५ वा दश बर्ष किन नलागोस टोटन्ह्यामलाई ट्रफी नजिताइ म मर्ने वाला छैन, उनले भने ।”

पोचेटिनो भावनामा बग्दै अघि भन्छन्ः “त्यहाका समर्थक धेरै राम्रा छन । मलाई दिएको माया र हौसला म कहिले बिर्सिने छैन ।”

पोचेट्टिनोले टोटन्ह्यामलाई २०१८–२०१९ को प्रिमियर लिग सिजनको विन्डोमा पैसा नै खर्छ नगराए पनि शिर्ष चारमा सिजन सकाएर सबैको मन जितेका थिए । समर्थकहरु उनले नै गरेर आज टोटनह्याम विश्वको महँगो कल्ब बन्न सफल भएको मान्छन् । अहिले टोटनह्यामको बजार मुल्य ८५० मिलियन अमेरिकी डलर रहेको छ ।

Click to comment

Trending