Headline

भेटेरान टेलरलाई सर रिचर्ड हेड्ली मेडल

Published

on

न्युजिल्याण्डका भेटेरान ब्याट्स्म्यान रोस टेलरले न्युजिल्याण्ड क्रिकेटको सर्वाधिक ठूलो पुरस्कार जितेका छन् ।

किवीलाई लगातार दोश्रो पटक ५० ओभरको बिश्वकप फाइनलतर्फ डोर्याउन प्रमुख भुमिका खेलेका ३६ बर्षिय टेलरले न्युजिल्याण्ड क्रिकेट लिजेण्ड सर रिचर्ड हेड्लीको नाममा राखिएको बर्ष क्रिकेट खेलाडीको पुरस्कार जितेका हुन् । उनले यो पुरस्कार तेश्रो पटक जितेका हुन् ।

कोरोना भाइरसका कारण समाजिक दुरी कायम रहेको परिस्थितिमा टेलरलाई एक भर्चुवल समारोह मार्फत सर रिचर्ड हेड्ली मेडल हस्तान्तरण गरिएको हो । टेलरले न्युजिल्याण्डलाई २०१९ को बिश्वकप फाइलनमा डोर्याउने क्रममा सर्वाधिक रन बटुलेका थिए ।

फाइनल सुपर ओभरमा पनि बराबर भएपछि न्युजिल्याण्ड बाउण्ड्री काउन्टब्याकमा पराजित भएको थियो । टेलरले सन् २०२३ को बिश्वकपमा पनि ब्ल्याक क्याप्स टोलीमा सहभागिताका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्ने बताएका थिए ।

पछिल्लो एक बर्ष टेलर न्युजिल्याण्डका लागि टेस्टमा सर्वाधिक रन बटुल्ने खेलाडी भएका थिए भने क्रिकेटका तीन वटै फम्र्याटमा १ सय अन्तर्राष्ट्रिय खेल्ने एक मात्र खेलाडी बनेका थिए ।

“यो एक उतार चढावपूर्ण बर्ष रहन पुग्यो,” न्युजिल्याण्ड तेश्रो पटक फाइनलमा सफल हुन सक्ने धारणा राख्दै टेलरले बताए । भारतले सन् २०२३ को बिश्वकपको आयोजन गर्न गइरहेको छ ।

“सबैभन्दा ठूलो कुरा भनेको भोक र मानसिक रुपमा बलियो रहनु नै हो । यदि यो कायम रहन्छ भने उमेर एक नम्बर मात्र हो । यदि म ३८ या ३९ बर्षको हुँदा पनि अहिलेको जस्तै प्रदर्शन दिन सक्छु भने सन् २०२३ को बिश्वकप पनि खेल्न सक्छु,” टेलरले भने ।

सन् २००६ मा न्युजिल्याण्डको राष्ट्रिय टोलीका लागि डेब्यु गरेका टेलरले १ सय १ टेस्ट, २ सय ३२ एकदिवसीय र १ सय ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलिसकेका छन् ।

Click to comment

Trending