Headline

खेलाडीहरु खेलमा फर्कन त्रसित छन्ः अगुएरो

Published

on

म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुएरोले कोरोना भाइसरको संक्रमण कायम रहदा खेलाडीहरु मैदान उत्रिदै प्रतिस्पर्धामा आउन त्रसित रहेको बताएका छन् ।

इङ्गलिस प्रिमियर लिग जुन ८ मा सुचारु गर्ने तयारी गरिएको छ र त्यसका लागि खेलाडीहरु मे १८ देखि पूर्ण प्रशिक्षणमा उत्रनु पर्नेछ । इङ्गल्याण्डका प्रथम श्रेणीका क्लबहरु लिग सुचारु गर्ने बिकल्पहरुका बारेमा शुक्रबार छलफल गर्न गइरहेका छन् । तर अर्जेन्टाइन स्टार अगुएरो भने खेलाडीहरु सशंकित रहेको बताउछन् ।

“धेरै जसो खेलाडीहरु मैदान उत्रनका लागि त्रसित छन् किनभने उनीहरुको परिवार छन् र बच्चाहरु छन् । म आफै पनि डराइरहेको छु तर म यहाँ (अर्जेन्टिना) आफ्नी प्रेमिकासँग छु र अन्य कसैसँग सम्पर्कमा रहेको छैन । मैले संक्रमण फैलाउने भनेको आफ्नो प्रेमिकालाई मात्र हो । तर खेलमा सहभागि बन्दाको स्थिति भने अर्कै हुन्छ,” अगुएरोले भने ।

“लक्षण नै नभएका मानिसहरुमा पनि कोरोना भाइरस रहेको पाइएको भनिएको छ । त्यही कारण म यहाँ छु, हुनसक्छ मलाई भाइरस लागिसकेको छ र मलाई थाहा पनि छैन,” उनले थपे ।

मार्च १३ देखि प्रिमियर लिग रोकिएको छ भने सबै क्लबहरु बाकी रहेका ९२ खेल खेल्दै सिजन सक्काउने तर्फ प्रतिबद्ध छन् । सबै खेलहरु बन्द रँगशालामा खेलाइने र केही खेलहरुको प्रशारण निशुल्क रहने बताइएको छ । अगुएरोले उनी र उनका खेलाडी साथिहरु मैदानमा फर्कनका लागि नर्भस र बढी सतर्क रहने बताए ।

“जब एक ब्यक्ति बिरामी हुन्छन् हामी यहा के भइरहेको छ भनेर सोध्न थालि हाल्छौं । आशा गरौं कोरोनाको प्रभावकारी भ्याक्सिन चाडो भन्दा चाडो निस्कनेछ र यो सबैको अन्त्य चाडो हुनेछ,” उनले भने ।

Click to comment

Trending