Headline

महामारी अन्त्य गर्न म्याराडोनाले गरे ‘ह्याण्ड अफ गड’ लाई आग्रह

Published

on

कोरोना भाइरसको महामारी अन्त्य गर्दै साधारण जीवनमा फर्काइदिनका लागि अर्जेन्टाइन फुटबल लिजेण्ड डिएगो म्याराडोनाले कुख्यात ‘ह्याण्ड अफ गड’ लाई आग्रह गरेका छन् ।

अर्जेन्टिना फुटबल संघका अधिकांश पदाधिकारीहरुले कोरोना भाइरसका कारण यो सिजन नै अन्त्य गर्ने तर्फ भोट गरेपछि म्याराडोनाले यसलाई उनको १९८६ को बिश्वकपको ‘ह्याण्ड अफ गड’ गोल सँग तुलना गरेका थिए । संघले च्याम्पियन र रेलिगेसन नहुने प्रावधानमा हरियो बत्ति देखाएपछि म्याराडोनाले व्यवस्थापन गर्दै आएको क्लब गिम्नासिया माथिल्लो श्रेणी मै रहने भएको छ ।

“हाम्रो क्लब रेलिगेसनबाट बच्न सफल भयो किनभने कतिपय मानिसले यसलाई नयाँ ‘ह्याण्ड अफ गड’ को संज्ञा दिएका छन्,” आफूले इङ्गल्याण्डबिरुद्ध गरेको कुख्यात ‘ह्याण्ड बल गड’ गोललाई इंगित गर्दै म्याराडोनाले भने । “तर आज म त्यो ‘ह्याण्ड बल गड’ लाई महामारी अन्त्य गर्दै जनतालाई साधारण जिन्दगीतर्फ फर्कन मद्दत गर्न आग्रह गर्दछु । मानिसहरु स्वस्थ र खुशी जिन्दगी जिउन चाहन्छन्।”

अर्जेन्टिनालाई मेक्सिकोमा भएको १९८६ बिश्वकप क्वार्टर फाइनलमा इङ्गल्याण्डबिरुद्ध २–१ को जित दिलाउने क्रममा म्याराडोनाले गोल गर्दा उनले हातको प्रयोग गरेका थिए । खेल समाप्त भएपछि उनलाई पत्रकार सम्मेलनमा त्यो गोलको बारेमा सोध्दा उनले भनेका थिएः त्यो त ‘ह्याण्ड अफ गड’ थियो ।

अर्जेन्टिना फुटबल संघको निर्णयले उनको टोली रेलिगेसनबाट बच्ने भए पनि आफ्नो टिम प्रथम श्रेणीमै रहन सक्षम रहेको म्याराडोनाले बताएका थिए । “हामीले चाहेको जस्तो अन्त्य (सिजन) भएन तर मैदानमा हामी आफैलाई बचाउन सक्नेमा बिश्वस्त थियौं,” धेरै जसो बिवादास्पाद अभिव्यक्ति दिएर चर्चामा आउने गरेका म्याराडोनाले थपे ।

कोरोनाका कारण अर्जेन्टिना मार्च २० देखि लकडाउनमा रहेको छ भने त्यहा २ सय ७ जनाको मृत्यु भएको छ । ल्याटिन देशमा हाल ४ हजारभन्दा बढी कोरोना संक्रमित रहेका छन् । ५९ बर्षिय म्याराडोनाले अर्जेन्टाइन लिगका क्लबहरु आर्थिक संकटबाट गुज्रिरहेको पनि बताए ।

“आशा गरौं फुटबलको हितका लागि जे समस्या अगाडी तेर्सिएको छ त्यो हामी मिलेर समाधान गर्छाै । यो युद्धमा कोही राम्बो जस्तो हुने छैन किनभने राम्बो पनि यो युद्धमा हार्छन्,” गत सेप्टेम्बरमा गिम्नासियाको प्रशिक्षक नियुक्त भएको म्याराडोनाले भने । राम्बो हलिउड चलचित्र राम्बोका यस्ता नायक हुन् जो एक्लै ठूलै सेनाबिरुद्ध लड्न पनि सक्षम हुन्छन् ।

Click to comment

Trending