Headline

इङ्गल्याण्ड क्रिकेटलाई मद्दत गर्ने दुबईको प्रस्ताव

Published

on

इङ्गलिस क्रिकेटको सिजनलाई मद्दत गर्नका लागि दुबईले आफ्नो श्रोत साधन प्रयोग गर्नका लागि इङ्गल्याण्ड क्रिकेट बोर्ड (इसिबी) लाई प्रस्ताव गरेको छ ।

कोरोना भाइरस महामारीको चपेटामा पर्ने इङ्गल्याण्ड पनि एक मुख्य राष्ट्र हो । इङ्गल्याण्ड, स्कटल्याण्ड र वेल्स गरेर ब्रिटेनमा अहिलेसम्म २६ हजार भन्दा बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ६५ हजार नाघिसकेको छ ।

युरोपका अधिकांश सम्पन्न राष्ट्रहरुमा खेलकुद गतिविधि ठप्प रहेको छ भने यसले क्रिकेट र फुटबललाई पनि नराम्ररी प्रभावित गरेको छ । दुबई स्पोर्टस सिटीका प्रमुख सल्मान हनिफले इङ्गल्याण्डलाई जुनसुकै हिसाबले पनि मद्दत गर्ने बताए ।

“चाहे काउन्टी क्रिकेट होस या अन्तर्राष्ट्रिय खेलहरु, हामी इङ्गल्याण्डलाई क्रिकेटका लागि सबै किसिमका सुबिधा उपलब्ध गराउनका लागि तैयार छौं,” हनिफले भने । युएईमा कोरोना भाइरसका कारण लगाइएको लकडाउन हट्दै गएको छ भने त्यहा मलहरु पनि खुल्न थालेका छन् । कोरोना भाइरसले कम प्रभावित युएईमा हालसम्म ८९ जनाको मृत्यु भएको छ ।

यसअघि युएईकै अर्को राज्य अबु धाबीले पनि इसिबीलाई आफ्ना सुविधाहरु अक्टोबरदेखि २०२१ जनवरीको बीचमा प्रयोग गर्नका प्रस्ताव राखेको थियो । यसअघि न्युजिल्याण्ड र अष्ट्रेलियाका क्रिकेट बोर्डहरुले पनि यही प्रस्ताव राखेको थियो ।

इङ्गल्याण्ड र वेल्समा जुलाई १ सम्मका लागि व्यवसायिक क्रिकेटमा प्रतिबन्ध लगाइएको छ । यो गर्मिमा इसिबीले अन्तर्राष्ट्रिय क्रिकेट र महँगो फ्राञ्चाइज लिग ट्वान्टी ट्वान्टी ब्लास्ट आयोजना गर्ने लगातार भन्दै आइरहेको थियो ।

Click to comment

Trending