Headline

मैले दक्षिण अफ्रिकाका कप्तानी सम्हाल्ने हल्ला मात्रैः एबी डिभिलियर्स

Published

on

सन्यास फिर्ता लिदै दक्षिण अफ्रिकाको कप्तानी गर्न तैयार रहेको समाचारहरु बाहिर आएपछि पुर्व कप्तान तथा बिष्फोटक ब्याट्स्म्यान एबि डिभिलियर्सले ती सबै हल्ला भएको भन्दै खण्डन गरेका छन् ।

डि भिलियर्सले २०१९ को बिश्वकप भन्दा एक बर्ष अघि अचानक दक्षिण अफ्रिकी टोलीबाट सन्यास लिएपछि क्रिकेट दुनियालाई नै स्तब्ध बनाएका थिए । बिश्वकप दौरान नै दक्षिण अफ्रिकाले लगातार खराब प्रदर्शन गर्दा उनले बोर्ड व्यवस्थापनसँग बिश्वकपअघि सन्यास फिर्ता लिदै टिममा राख्न अनुरोध पनि गरेका थिए ।

केही दिन यता भने उनी सन्यास फिर्ता लिदै दक्षिण अफ्रिकी टोलीको कप्तान समेत बन्न गइरहेको त्यहाको सञ्चार माध्यमहरुले समाचार सार्वजनिक गरिरहेका छन् । तर डिभिलियर्सले आफ्नो ट्विटर ह्याण्डलमा समाचारको खण्डन गर्दै लेखेका छन्ः “पछिल्लो समय मलाई बोर्डले दक्षिण अफ्रिकाको कप्तानी गर्न अनुरोध गरेको भन्ने समाचारहरु झुठा हुन् । अहिलेको समयमा के कुरामा विश्वास गर्ने भन्न र बुझ्न गार्हो छ ।”

मैदानको चारै दिशामा सटहरु खेल्न सक्ने भएकाले ‘मिस्टर थ्री सिक्स्टी डिग्री’ उपनामले परिचित आक्रमक ब्याट्सम्यान डी भिलियर्स विश्व क्रिकेटका उत्कृष्ट ब्याट्स्म्यान मध्ये एक पर्छन् । ३६ बर्षिय डी भिलियर्सले दक्षिण अफ्रिकी टोलीको लागि एक सय १४ टेस्ट, दुई सय २८ एकदिवसीय र ७८ ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेल खेलेका थिए ।

बिभिन्न फ्रान्चाइज लिगहरुमा खेल्दै उत्कृस्ट प्रदर्शन गर्दै आएका डी भिलियर्सले यदि आफू अन्तर्राष्ट्रिय खेल्न योग्य रहेको खण्डमा सन्यास फिर्ता लिन इच्छुक रहेको जनाउँदै आएका छन् । उनी दक्षिण अफ्रिकी टोलीलाई यसै बर्ष अस्ट्रेलियामा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप जिताउन इच्छुक रहेको पनि बताउँदै आएका छन् ।

“यदि म अन्तरास्ट्रिय क्रिकेटमा फर्कने हो भने मेरो लागि सबैभन्दा महत्वपूर्ण बिषय भनेको म उत्कृष्ट फर्म र लयमा हुन पर्छ भन्ने हो । म अन्य खेलाडी भन्दा राम्रो पनि हुनु पर्नेछ । यदी राष्ट्रिय टोलीमा स्थान बनाउन योग्य छु भने मैले प्लेयिङ्ग ११ मा पनि स्थान बनाउन पर्नेछ,” उनले भनेका छन् ।

“पछिल्लो समय अर्थात दुई बर्ष देखि म प्रोटिज टोलीमा छैन । अर्को सबैभन्दा महत्वपूर्ण बिषय भनेको म लगायत अन्य व्यक्तिहरुलाई म अझै पनि टोलीमा स्थान बनाउन सक्षम छु भन्ने लाग्नु पर्छ,” आफू सन्यास फिर्ता लिन तयार रहेको भाव प्रकट गदै उनले लेखेका छन् ।

त्यस्तै डी भिलियर्सले आगामी अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप कोरोनाका कारण सरेको खण्डमा आफुले सन्यास फिर्ता लिने वा नलिने बिषयको केहि टुँगो नलागेको अथवा अहिले नै भन्न नसकिने पनि स्पष्ट पारेका छन् ।

Click to comment

Trending