Headline

कोरोनाका कारण आर्सनललाई करोडौं घाटा लाग्ने

Published

on

इङ्गलिस प्रिमियर लिग क्लब आर्सनललाई कोरोना भाइरसका कारण आगामी सिजन करोडौं घाटा लाग्ने प्रक्षेपण गरिएको छ ।

आर्सनल समर्थक ट्रस्ट (एएसटी) ले गरेको प्रक्षेपण अनुसार आर्सनलले आगामी सिजन १ सय ४४ मिलियन पाउण्ड गुमाउने छ । एएसटीले जारी गरेको प्रतिबेदन अनुसार कोरोनाका कारण सन् २०२०–२१ को सिजन पनि बन्द रंगशाला भित्र (बिना दर्शक) खेलाइने हल्ला चलेको छ र यस्तो भएको खण्डमा क्लबले ठूलो रकम गुमाउने चेतावनी दिएको हो ।

त्यस्तै एएसटीका अनुसार यस सिजनका बाँकी खेलहरु रद्द भएको खण्डमा आर्सनलको जगेडा रकम पनि सकिने छ । यसको असर अब हुने खेलाडी ट्रान्सफरमा पर्नेछ । पैसा अभाबका कारण क्लबले खेलाडी किनबेच गर्न सक्ने छैन र यस्तोमा चुप लागेर बस्ने बाहेक अन्य विकल्प हुने छैन ।

कोरोनाको प्रभाब अघि क्लबले चार मिलियन पाउण्ड भन्दा धेरै नाफा गर्ने अनुमान गरिएता पनि लिग रोकिएको अवस्थामा यदि खेलहरु संचालनमा नआएमा अथवा बन्द रंगशाला भित्र भएमा आर्सनलले १९ मिलियन पाउण्ड गुमाउने पनि एएसटीले विश्लेषण गरेको छ ।

आर्सनलले घरेलु मैदानमा खेल्ने अबका बाँकी चार खेलका लागि समर्थकहरुबाट लिएको टिकटको पैसा फिर्ता गर्नु पर्ने हुन्छ भने व्यावसायिक तथा अन्य खुद्रा आम्दानीमा पनि गिरावट आउने छ । आर्सनलको आम्दानीको २४ प्रतिशत टिकटबाट हुने गरेको छ । त्यस्तै व्यावसायिक तथा अन्य खुद्रा आम्दानीमा पनि ३३ प्रतिशत भन्दा बढीले गिरावट आउने छ ।

Click to comment

Trending