Headline

फिफाका प्रमुख डक्टरले दिए लिग सुचारु गर्ने बिरुद्ध चेतावनी

Published

on

फिफाका चिकित्सा बिभागका प्रमुखले कोरोना भाइरसका कारण राकिएका २०१९–२० को सिजन सुचारु गर्ने बिरुद्ध चेतावनी दिदै फुटबल संघहरुलाई नयाँ सिजनको लागि तयारी गर्न आग्रह गरेका छन् ।

मिचेल डि हुगले एक डक्टरको रुपमा कोरोना भाइरसको महामारी जारी रहेको समयमा रोकिएका लिगहरु सुचारु गर्न आफू सशंकित रहेको बताएका हुन् । यरोपमा मार्चको दोश्रो साता यता देखि सम्पूर्ण फुटबल गतिविधि ठप्प रहेका छन् भने कति पय ठूला लिगहरु अब सुचारु गर्नका लागी तयारीमा रहेका छन् ।

“मेरो प्रस्ताव सम्भव छ भने आगामी साताहरुमा प्रतिस्पर्धात्मक फुटबल नै नखेलौं भन्ने हो । बरु अर्को सिजनको लागि राम्रो प्रतिस्पर्धाका लागि तयारी गर्दा उचित हुन्छ,” फिफा मेडिकल कमिटीका अध्यक्ष डि हुगले बिबिसिलाई भनेका छन् ।

युएफाले युरापेली राष्ट्रका लिग कमिटीहरुलाई रोकिएका लिगको भविष्यका बारेमा निर्णय दिन मे २५ सम्मको समयसिमा तोकेको छ । उनीहरुले कि त लिग बन्द गर्ने वा सुचारु गर्ने बिषयमा निर्णय लिनेछन् । “अहिलेको स्थितिमा लिग गर्न सातो तिनो खतरा उठाउनु होइन,” डि हुगले भने ।

“यो त जीवन र मरणको बिषय हो । म सबैलाई लिग सुचारु गर्ने निर्णय लिनुभन्दा अगाडी सतर्क भएर सोच्न आग्रह गर्दछु । म एक चिकित्सकको रुपमा बोलिरहेको छु । मलाई लिगको आयोजकको रुपमा बोल्न आवश्यक छैन तर मेडिकल धारणा दिने हो भने म खेलहरु आयोजना गर्ने बिषयलाई लिएर संशंकित छु,” उनले भने ।

Click to comment

Trending