Headline

क्रिस गेलले किन ओकले आफ्नै पुर्व कप्तानबिरुद्ध आगो ?

Published

on

वेष्ट इण्डिज क्रिकेट लिजेण्ड क्रिस गेलले आफ्नै समकालीन तथा पूर्व कप्तान रामनरेश सरवान कोरोना भाइरसभन्दा पनि खतरनाक रहेको आरोप लगाएका छन् ।

१५ मिनेट लामो युट्युब भिडियो सार्वजनिक गर्दै गेलले सरवानलाई नराम्ररी गाली गरेका छन् । गत हप्ता ४० बर्षिय गेललाई उनको क्यारेबियन प्रिमियर लिग फ्राञ्चाइज जमाइका तालावाह्जले रिलिज गरेको थियो र यसको पछाडी सरवानको हात रहेको गेल बिश्वस्त छन् ।

“श्रवण अहिले तिमी कोरोना भाइरसभन्दा पनि खतरनाक छौं । तालावाह्जलाई लिएर जे भयो यसमा तिमीले मुख्य भुमिका खेलेको थियौं,” ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियका सर्वाधिक स्कोरकर्ता गेलले तालावाह्जका मालिकसँग राम्रो सम्बन्ध रहेको कारण आफूलाई हटाइएको आरोप लगाए ।

सरवान हाल तालावाह्जको सहायक प्रशिक्षक रहेका छन् । “तिमी मलाई साथी भन्छौ तर मेरो फोन उठाउँदैनौं । हाम्रो सम्बन्ध र यहाँ सम्म तय गरेको यात्राको बिषयमा तिमिले अघिल्लो बर्ष मेरो जन्म दिनको पार्टीमा निकै ठूलो भाषण दिएको थियौं । तिमी साथी हैनौ । तिमी त सर्प हौ सर्प,” गेल यतिमै भने थामिएका थिएनन् ।

गेलले सरवानलाई निकै प्रतिशोधात्मक, अपरिपक्क र पछाडीबाट छुरा रोप्ने ब्यक्ति भएको र यो चालचलन र बानी कहिले परिवर्तन गर्छौ भन्दै प्रश्न पनि गरेका छन् ।
ट्वान्टी ट्वान्टी क्रिकेटका युनिभर्स बोस पनि भनिने गेलले सन् १९९६ मा वेस्ट इण्डिज अण्डर–१९ टोलीमा सरवान र आफू एउटै कोठामा बस्ने गरेको तर उनको कारण नै टोली व्यवस्थापकले आफुलाई टिमबाट हटाएको पनि बताए ।

“तिम्रो कारणले मलाई अण्डर १९ टोली बार्बाडोसमा हुँदा घर पठाइएको थियो । म यो कुरा कहिले पनि बिर्सिन्न र तिमीलाई माफी पनि दिन्न । तिमीले गेलले राती अबेर सम्म बसेर टिभी हेर्छ । जसले गर्दा सुत्न नपाएको र खेलमा ध्यान केन्द्रित गर्न नसकेको आरोप लगायौ । तिमी अरुको नजरमा निकै राम्रो व्यक्ति भएको र आफुलाई शन्त भएको नाटक गर्छौ । तर तिमी दानब हौ,” गेलले थपे ।

Click to comment

Trending