Headline

माइक टाइसनको गाँजा कम्पनी बार्साको स्टेडियम नामाकरण अधिकारमा इच्छुक

Published

on

कोरोना भाईरसका कारण आर्थिक क्षति नहोस भन्दै बार्सिलोनाले देशको अर्थिक कोषमा पैसा जम्मा गराउन आफ्नो रंगशाला क्याम्प नोउको नामकारण अधिकार बेच्ने घोषणा गरिसकेको छ ।

नामाकरण अधिकारमा धेरै संघ संस्थाले टेण्डर भर्ने त छन् नै तर त्यस संस्था मध्ये एक गाँजा कम्पनीले पनि इच्छा देखाएको छ । रोचक कुरा त के छ भने उक्त कम्पनी पुर्व बिश्व हेभिवेट बक्सिङ्ग च्याम्पियन माइक टाइसनको हो ।

टाइसन मालिक रहेको कम्पनी टाइसन रान्चका अध्यक्ष रोब हिकम्यानले आफू क्याम्प नोउको नामाकरण अधिकारका लागि खुला रहेको उल्लेख गरेका छन् । हिकम्यानले टाइसन राञ्च अन्तर्गतको गाँजा कम्पनी हेर्दै आएका छन् ।

बार्साले २०२०–२१ सिजनका लागि आफ्नो स्टेडियम क्याप नोउको नाम बेच्ने घोषणा गरेको एक हप्ता पनि नबित्दै धेरै ठूला कम्पनीले बिड गर्न थालिसकेका छन् ।

Click to comment

Trending