Headline

अब ५ खेलाडीसम्म सब्स्टिच्युट गर्न पाउने

Published

on

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले फुटबलमा पाँच जना खेलाडीसम्म सब्स्टिच्युट गर्न पाउने नयाँ नियम लागु गर्ने भएको छ ।

यस अघि एक खेलमा अधिकतम तीन खेलाडी सब्स्टिच्युट गर्न पाउने नियम रहेको थियो । हाल कोरोना भाइरसका कारण सबै फुटबल गतिविधि बन्द छ । फिफाका प्रवक्ताले जनाए अनुसार कोरोनाको प्रभाब सकिएपछि फुटबल प्रतियोगिताहरु सुचारु हुँदा यो नियम लागु हुनेछ ।

फिफाले यो नियम लागु गर्नु अघि फुटबलको नियमनकारी निकाय इन्टरनेशनल फुटबल एसोसियशन बोर्ड (आईएफएबी) ले स्विकृती दिन पर्नेछ भने यसलाई लागु गर्ने नगर्ने अधिकार प्रतियोगिता आयोजकमा नीहित रहनेछ ।

फिफाले यो नियम सधैंको लागि भने कार्यन्वयन गर्न भने लागेको हैन । यो डिसेम्बर ३१, २०२१ सम्म मात्र लागु हुनेछ । त्यस पछि भने यो नियम हटेर पुरानै नियम लागु हुने पनि फिफाले जनाएको छ ।

कोरोनाका कारण खेल अथवा प्रतियोगिता र लिगहरु रोकिएका कारण अबका दिनमा खेल र समय मिलाउनका लागि आयोजकहरुले धेरै भन्दा धेरै खेल खेलाउन सक्ने भएकाले खेलाडीहरु घाइते नहुन भनेर नियममा परिमार्जन गर्न लागेको हो । पाँच जना खेलाडी परिवर्तन गर्न पाउने नियमले खेलाडीहरुलाई नै सहज हुने फिफाले बताएको छ ।

Click to comment

Trending