Headline

फिक्सिङ बिषयलाई लिएर पाकिस्तानका अक्मललाई ठूलो सजाय

Published

on

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तान क्रिकेट टोलीका पुर्व खेलाडी उमर अकमललाई तीन बर्षको प्रतिबन्ध लगाएको छ । स्पट फ़िक्सिङ् (खेल मिलेमतो) को आरोप पुस्टि भए पछि विकेट किपर ब्याट्सम्यान अकमललाई पीसीबीले प्रतिबन्ध लगाएको हो ।

पाकिस्तान सुपर लिग अगाडी २७ बर्षिय अकमललाई बुकीहरुले खेल मिलेमतोको लागि कुरा गरेको तर उनले यस बिषयमा बोर्डलाई जानकारी नगराएको भन्दै कुनै पनि क्रिकेटमा सम्लंघ हुन नपाउने गरि प्रतिबन्ध लगाएको हो । यदि कुनै पनि खेलाडीलाई खेलमा मिलेमतो गर्नका लागि प्रस्ताव आएको खण्डमा उसले आफ्नो बोर्ड अथवा अन्तरास्ट्रिय क्रिकेट परिषदलाई जानकारी नगराएमा त्यो पनि मिलेमतोमा नै पर्ने गर्दछ ।

अकमललाई यस अघि फेब्रुअरी २० तारिखमा नै प्रतिबन्ध लगाइएको थियो भने आफ्नो प्रतिबन्धका बिषयमा पुनराबेदन दिन मिल्ने प्राबधान पनि रहेको थियो । तर उनले यस बिषयमा कुनै पुनराबेदन नदिए पछि बोर्डले प्रतिबन्ध लगाएको हो ।

उनले पाकिस्तानको लागि १६ टेस्ट, १२१ एकदिवसीय तथा ८४ ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेल खेलेका छन् । उनले पछिल्लो पटक पाकिस्तानको जर्सीमा श्रीलंका बिरुद्धको ट्वान्टी ट्वान्टी खेल खेलेका थिए ।

Click to comment

Trending