Headline

इङ्गलिस प्रिमियर लिगको प्रोजेक्ट रिस्टार्ट

Published

on

आर्सनल र ब्राइटनले आफ्ना खेलाडीलाई सामाजिक दुरी कायम गर्दै प्रशिक्षण गर्न मैदान उपलब्ध गराएपछि इङ्गलिस प्रिमियर लिगले लिग सुचारु गर्ने योजना अगाडी बढाएको छ । लिग कमिटीले यसलाई ‘प्रोजक्ट रिस्टार्ट’ नाम दिएको छ ।

जुन ८ देखी शुरु गर्ने भनिएको लिगलाई अझै चाडो गराउन प्रिमियर लिगले सक्दो प्रयास गर्दै छ । च्याम्पियन्स लिगका लागि पनि क्लब तयार हुनु पर्ने भएकाले अगस्ट भित्र लिग सकाउन युरोपका शिर्ष लिग कमिटीलाई दवाब रहेको छ । मे १८ देखी सबै क्लबलाई प्रशिक्षण शुरु गर्न पनि लिगले आदेश दिएको छ ।

मार्च १३ देखी कोरोना भाईरसका करण स्थगित भएको लिगमा अझै सिजनका ९२ खेल खेल्न बाँकी छ । चिनमा बाँकीका खेल खेलाउने प्रस्ताव गरिए पनि त्यो व्यवसायिक नहुने भन्दै लिग कमिटीले अस्विकार गरेको थियो ।

लिग फेरी सुचारु भएमा बाँकीका खेलहरु बन्द रङ्गशालामा गराउने वा दश्र्क बिच गराउने भन्नेमा निक्र्योल हुन सकेको छैन ।

शुक्रबार बस्ने प्रिमियर लिग कमिटीको बैठकले सुरक्षित र सरकारले गर्ने निरिक्षणबाट स्विकृत भएको मैदानमा मात्र खेलाउने वा न्युट्रल भेन्युमा भन्ने बिषयमा पनि निर्णय लिइने छ । तर खेल शुरु गराउन कमिटीको मात्र नभइ सरकारले तोकेको मापदण्ड पुरा गराएर मात्र खेल शुरु गर्नु पर्ने छ ।

सरकारको मापदण्डमा भने सामाजिक दुरी र खेलाडी र खेल खेलाउने व्यक्तिह?को स्वास्थ्य साथै अन्य थुप्रै कुराहरु पुरा गर्नु पर्ने छ । इङ्गल्याण्डमा कोरोना भाइरसका कारण २०,००० जाना को मृत्यु भैसकेको छ भने लाखौँले आफ्नो परिक्षण गराउने कार्य धमाधम भैरहेको छ ।

जर्मनीमा बुन्डेसलिगाले पनि चाडो लिग शुरु गराउन सरकारलाइ दवाब दिदै आइरहेको छ । मे ९ मा शुरु गर्ने भनिएको लिगले सरकारको अनुमाति भने पाइसकेको छैन । इटालियन सिरि आ का टोलिले पनि मे १८ देखि प्रशिक्षण गर्न पाउने इटालीका प्रधानमन्त्रीले बताएका थिए ।

Click to comment

Trending