Headline

रोनाल्डोले लेखे समर्थकहरुका लागि निकै भावुक चिठ्ठी

Published

on

ब्राजिलियन लिजेण्ड रोनाल्डोले आफ्नो स्वामित्यमा रहेको स्पेनिस ला लिगा क्लब रियल भालाडोलिडका समर्थकका लागि एक भावुक चिठ्ठी लेखेका छन ।

कोरोना भाईरसका कारण फुटबल गतिविधि ठप्प हुन पुगेपछि रोनाल्डोले समर्थकहरुलाई हौशला दिदै चिठ्ठी लेखेका हुन् । चिठ्ठीमा ४३ बर्षिय रोनाल्डोले समर्थकहरुलाई घरमै बस्न आग्रह गर्दै आफुले बोकेको घुँडाको चोटको उदाहरण दिएका छन् ।

उनले आफ्नो खेल जीवनको दौरान घुँडामा चोट बोक्दाको संघर्षसँग लड्न सफल भएको र समर्थकहरुले पनि विश्वभर फैलिएको कोरोना भाईरसको महामरीलाई टार्न घरमै बसेर मद्दत गर्नेमा ढुक्क भएको पनि लेखेका छन् ।

क्लबको वेबसाइटमा प्रकाशित उक्त चिठ्ठीमा रोनाल्डोले यस्तो लेखेका छनः

केही हप्तादेखि मलाई तपाईंहरुसँग यो नराम्रो समयमा कसरी सम्पर्कमा बसौँ जस्तो लागेको थियो । आज म यो चिठ्ठी लेख्दै छु र आशा गर्दछु कि मैले लेखेको यस चिठ्ठीको भाव र स्नेह तपाईंहरुले महसुस गर्नु हुने छ ।

मेरो घर र परिवार देखि तपाईंको घर र परिवार यती नजिक यसअघि कहिले पनि थिएनौै होला । हामी शरिरिक रुपले टाढा भए पनि सधैं नजिक छौँ । सहानुभुतिले अहिले हामीलाई एकतामा बाधेको छ ।

हामी हाम्रो लागि आफ्नो घर भित्र बसिरहेका छौँ, अरुको लागि पनि बसिरहेका छौँ, जसलाई हामी माया गर्छौ, तिनीहरुको लागि पनि जसलाई हामी चिन्दा पनि चिन्दैनौ र उनीहरुका लागि जो अब हामी सँग रहदैनन् । यही एकजुटतालाई बिभिन्न तरिकाले अँगाल्दै हामी एक अर्कालाई मद्दत गरिरहेका छौं ।

म धन्यवाद दिन चाहन्छु, आफ्नो घरलाई वास्तवमै घर बनाउनु भएकोमा र हरेक क्षण परिवारको लागि यादगार बनाउनु भएकोमा । चुनौतिले भरिएको यस मुस्किल घडीका बावजुद तपाईले देखाउनुभएको धैर्यता, सतर्कता र आशावादी दृष्टिकोणका लागि पनि धन्वाद भन्न चाहन्छु ।

मलाई फुटबलले धेरै कुरा सिकायो त्यो मध्ये एक थियो दुखको घडीलाई कसरी समाना गर्ने भनेर । जब मेरो करिअरको मुख्य घडीमा घुँडाको चोटबाट गुज्रिरहेको थिए तब त्यहा धेरै मानिस थिए जो मलाई अब त हिड्न पनि सक्दैनस र फुटबल खेल्ने तेरो सपना मात्र हो भन्दथे । मलाई लाग्थ्यो कि मेरो आफ्नै जीवन म बाट खोसियो ।

यो मेरो जिन्दगीको यस्तो समय थियो जहा मेरो क्षमताको परिक्षण भएको थियो । मलाई खेल्न सक्दैनस भन्ने मानिसहरुको बिचार परिवर्तन गर्न मैले दिन रात संघर्ष गरे र सफल पनि भए । त्यो तीन बर्षको समयमा म भित्र फुटबल लिएर मैदानमा कुदेरै देखाउने ठूलो चाहना थियो, त्यो चाहनाले मलाई सधै प्रोत्साहन गथ्र्यो ।

अन्त्यमा मेरो सामु यस्तो क्षण आयो जब म २००२ को बिश्वकप फाइनलमा ब्राजिलका लागि मैदानमा उत्रिए । जर्मनीबिरुद्ध मैले दुई गोल पनि गरे र ब्राजिललाई पाचौं बिश्वकपको उपाधि दिलाए । त्यो मेरो खेल जीवनकै उत्कृष्ट पुनरागमन थियो ।

म विश्वस्त छु तपाईंहरु पनि जीवनलाई पछाडि फर्केर हेर्नु हुन्छ भने आँफै महसुस गर्नु हुने छ तपाईं कति पटक लडेर उठ्नु भएको छ भनेर । ती सबै जीवनका दुख र संघर्ष सम्झनुहोस । कति पटक हारिसकेको जीवनमा तपाईंले फेरी जित पाउनु भयो त्यो सम्झनुहोस, जीवनभर असम्भवलाई सम्भव तुल्याउन गरेका ति कामहरु । तपाईंलाई थाहा छ तपाईं को हो ।

हामी विश्वस्त छौ यो महामरीलाई हामी सँगै हराउने छौँ ।

चाडै भेटौला
रोनाल्डो नाजारियो

Click to comment

Trending