Headline

‘ला लिगाका बाँकी खेल नहुन पनि सक्छ’

Published

on

स्पेनका स्वास्थ्य मन्त्री साल्भाडोर इल्लाले कोरोना भाइरसका कारण स्पेनिस ला लिगाको यो सिजनको बाँकी खेल हुने आश्वासन दिन नसकिने बताएका छन् ।

कोरोना भाइरसको बारेमा जानकारी दिने क्रममा इल्लाले गर्मि अघि स्पेनमा फुटबल हुन नसक्ने बताएका हुन्। स्पेनमा मार्च १२ यता फुटबल प्रतियोगिताहरु भएका छैनन् । स्पेनमा कोरोना संक्रमितको संख्या दुई लाख २५ हजार भन्दा माथि रहेका छन् भने यसका कारण मृत्यु हुनेको संख्या २३ हजार भन्दा बढी रहेको छ ।

“हुन त हामीले अभ्यासका लागि स्विकृती दिएका छौं । शायद क्लबहरुले मे को पहिलो अथवा दोश्रो हप्ता देखि अभ्यास पनि शुरु गर्नेछन् । तर हामी अहिले नै रोकिएको सिजनको खेल हुनेमा निश्चित धारणा दिन सक्दैनौं,” इल्लाले भने ।

इल्लाले यस अघि स्पेन राष्ट्रिय खेलकुद परिषद र रोयल स्पेनिस फुटबल संघलाई पनि यस बिषयमा स्पष्ट जानकारी दिइसकेको बताए । त्यस्तै यदि वातावरण सहज बन्दै गएमा खेल हुने तर रंगशाला दर्शकका लागि खुला नरहने पनि जानकारी दिए ।

ला लिगा स्थगित हुनु अघि बार्सिलोना २७ खेलमा ५८ अंक सहित अंक तालिकाको पहिलो स्थानमा रहेको छ भने दोश्रो स्थानको रियल म्याड्रिड दुई अंकले मात्र पछाडी छ ।

Click to comment

Trending