Headline

रियल म्याड्रिडमा कोन्टे एक सिजन पनि टिक्दैनन्ः कोस्टा

Published

on

डिएगो कोस्टाले आफ्ना पुर्व प्रशिक्षक समेत रहेका एन्टोनियो कोन्टे रियल म्याड्रिडका प्रशिक्षक भएका भए एक सिजन पनि टिक्न नसक्ने बताएका छन् ।

इङ्गल्यान्ड र इटालीमा लिग जितिसकेका कोन्टे हाल इन्टर मिलनका प्रशिक्षक रहेका छन् । कोस्टाले कोन्टेमा मानवीय भावना नरहेको पनि बताए । “उनी राम्रा प्रशिक्षक हुन् तर हाम्रो सम्बन्ध खेल बाहिर भने राम्रो रहन सकेन,” कोस्टाले इएसपिएनसँग कुरा गर्दै भने । उनले कोन्टेले आफुमा मानव भावना राख्नु पर्ने पनि बताए ।

“उनी धेरै राम्रा प्रशिक्षक मध्येका एक हुन तर उत्कृष्ट प्रशिक्षक हुनका निम्ती उनले आफ्नो मानवीय पक्ष पनि सुधार्नु पर्छ । उनी धेरै शंकास्पद छन् । रियल म्याड्रिड जस्तो टोलीमा भएका भए उनलाई एक सिजन पनि टिक्न मुस्किल पर्नेछ,” कोस्टाले भने ।

कोन्टेले लगातार तीन पटक इटालियन सिरी आ र एक प्रिमियर लिग र एफए कप जितेका थिए । कोन्टेको नेतृत्वमा चेल्सीले पहिलो सिजन डिएगो कोस्टाकै मद्दतमा प्रिमियर लिग जित्न सफल भएको थियो । दोस्रो सिजनमा भने कोन्टे र कोस्टा बिच खट्पट भएका कारण कोन्टेले कोस्टालाई बेच्ने निर्णय गरे सँगै सम्बन्ध चिसिएको थियो ।

Click to comment

Trending