Headline

काउटिन्होको गोलीगाँठोको शल्यकृया, कुनै पनि खेल नगुमाउने

Published

on

बार्सिलोनाबाट हाल बायर्न म्युनिखमा लोनमा खेलिरहेका ब्राजिलियन मिडफिल्डर फिलिपे काउटिन्होको गोलीगाँठोको शल्यकृया गरिएको छ । शल्यकृयापछि उनी दुई हप्ता आराममा बस्नेछन् ।

“काउटिन्होको दाया गोलीगाँठोको हाडको जोर्र्नीको टुक्राहरु निकालिएको हो । शुक्रबार गरिएको शल्यकृया सफल भएको छ । उनले अब कम्तिमा दुई हप्ता आराम गर्न पर्नेछ,” बायर्नले आफ्नो प्रेश बिज्ञप्तिमा भनेको छ ।

कोरोनाका कारण रोकिएको बुन्डेसलिगा मे ९ देखि शरु गर्ने तयारी जर्मनीले गरेको छ । त्यसैले शल्यकृयाका कारण उनले कुनै पनि खेल गुमाउने छैनन् । केहि दिन सार्वजनिक भएको समाचार अनुसार काउटिन्हो इङ्गलिस प्रिमियर लिगमा पुनरागमन गर्ने क्रममा चेल्सीसँगको ट्रान्सफर नजिक पुगेका छन् ।

२७ बर्षिय काउटिन्होले बर्सिलोनामा अपेक्षा अनुरुप प्रदर्शन दिन नसकेपछि स्पेनिस लिग महारथीले बायर्नलाई लोनमा दिएको थियो । अघिल्लो समर विन्डोमा आत्मविश्वास फर्काउन बायर्न गएका काउटिन्हो त्यँहा पनि सोचे अनुरुप प्रदर्शन गर्न नसक्दा अब बार्साले बेच्ने नै तयारी गरिरहेको छ ।

बुन्डेसलिगा स्थगित हुनु अघि काउटिन्होले बायर्नका लागि ८ गोल र ६ असिस्ट गरेका छन् । च्याम्यिन्स लिग बिजेता क्लब लिभरपुल छोड्दै काउटिन्हो २०१८ मा बर्सिलोना गएका थिए । बायर्नले १ सय २० मिलियन युरोको खरिद गर्न पाउने बिकल्पको फाईदा नउठाउने भएपछि बर्सिलोना उनलाई बेच्न तयार भएको हो ।

Click to comment

Trending