Headline

कोरोनाको बावजुद आर्सनलले अभ्यास गर्ने

Published

on

कोरोना भाइरसका त्रासका कारण विश्वका विभिन्न देशमा लकडाउन लगाइएता पनि इङ्गलिस क्लब आर्सनलले भने सोमबारबाट अभ्यास शुरु गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय समाचार मध्यमहरुले जनाए अनुसार आर्सनलले लन्डन कोल्नी मैदानमा अभ्यास शुरु गर्न लागेको हो तर यसका लागि क्लबले खेलाडीहरुलाई सामाजिक दुरी कायम राख्न भनेको छ ।

यस अघि इङ्गलिस प्रिमियर लिग रोकिनु अघि क्लबका म्यानेजर मिकेल आर्टेटालाई कोरोना लागेको थियो । त्यस्तै इङ्गल्यान्डमा कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दै गए पनि गर्नर्सले खेलाडीहरुलाई अभ्यासका लागि अनुमती दिएको हो ।

“हामीले खेलाडीहरुलाई क्लबको अभ्यास मैदान दिएका छौं । खेलाडीहरुलाई अभ्यासको लागि सिमित अनुमती दिइएको छ, सावधानी अपनाउन पनि भनिएको छ र एक अर्कासँग दुरी पनि कायम राख्न भनिएको छ,” क्लबका प्रवक्ताले जानकारी दिए ।

“कोल्ने अभ्यास मैदानका सबै भवनहरु बन्द रहने छन् । खेलाडीहरु एक्लै यात्रा गर्नेछन्, अभ्यास गर्ने छन् र घर फर्कने छन् । हामीसँग १० वटा मैदान छन् त्यसैले पनि खेलाडीहरुले एकअर्कासँग दुरी कायम गर्दै अभ्यास गर्न सक्नेछन्,” क्लबले प्रेस विज्ञप्तिमा भनेको छ । त्यस्तै खेलाडीहरुलाई अभ्यासका लागि भने कुनै ट्रेनरको व्यवस्था गरिएको छैन । उनीहरु आफैले अभ्यास गर्नेछन् ।

Click to comment

Trending