Trending

मलाई मेस्सीको एउटा मात्र जर्सी भए पनि पुग्छः स्टर्लिङ

Published

on

म्यानचेस्टर सिटी फर्वार्ड रहीम स्टर्लिङले अर्जेन्टिना र बार्सिलोना स्टार लियोनल मेस्सीको जर्सी आफ्नो संग्रहमा राख्ने चाहना रहेको बताएका छन् ।

कोभिड–१९ का कारण फुटबल खेल्न नमिल्ने भएपछि प्रिमियर लिगले आफ्ना खेलाडीहरुबीच अनलाइनमा फिफा २० प्रतियोगिता गराइरहेको छ । त्यही क्रममा एभर्टनका आन्द्रेस गोमेससँग भिड्नु अघि उनले आफुलाई मेस्सीको जर्सी भए पुग्ने बाताए ।

“मलाई मेरो खेल जीवनमा एउटा कुरा आफ्नो संग्रहमा राख्न मन छ र त्यो हो लियोनल मेस्सीको जर्सी, स्टर्लिङले खेलको बिच कुरा गर्दै लाइव ब्रोडकास्टमै भनेका थिए । “सिटीले २०१५ मा बर्सिलोनासँग खेलेपछि मैले नेमारको जर्सी मागेको थिए । त्यो मैले मेरो खेल जीवनमा मागेको पहिलो जर्सी थियो ।”

उनले मेस्सी उत्कृष्ट खेलाडी भएका कारण उनलाई सम्झनाको लागि मेस्सीको जर्सी संग्रहमा राख्ने इच्छा रहेको पनि बताए । “जब म फुटबलबाट बिदा लिने छु तब मैले मागेका जर्सीहरुलाई एक संग्रहमा मेरा ट्रफी र मेडलहरुसँगै राख्ने छु,” उनले बिबिसी स्पोर्टसलाई भने ।

म्यानचेस्टर सिटीका लागि १५५ खेल खेल्दै उनले ५९ गोल गरिसकेका छन् भने इङ्गल्यान्डका लागि ५६ क्याप जितिसकेका छन् ।

Click to comment

Trending