Headline

भर्चुवल म्याड्रिड ओपन टेनिसमा नाडाल र मुरे भिड्दै

Published

on

स्पेन टेनिस लिजेण्ड राफेल नाडालले कोरोना भाइरसका कारण हुन नसकेको म्याड्रिड ओपनलाई भर्चुवल रुप दिइएपछि आफ्नो पहिलो खेलमा ब्रिटिस खेलाडी एण्डी मुरेको सामना गर्ने भएका छन् ।

दुवै खेलाडीले आ–आफ्नो घरबाटै एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । नाडालको समुहमा गेल मोन्फिल्स र डेनिस सापोभालोभ पनि रहेका छन् । महिलातर्फ अर्की ब्रिटिस खेलाडी योहाना कोन्टाले भिक्टोरिया आजारेन्काको सामना गर्नेछिन् ।

कोरोनाका कारण हुन नसेपछि आयोजकले प्रतियोगितालाई भर्चुवल बनाउदै च्यारिटीका लागि गर्ने भएको हो । प्रतियोगितामा कुल ३२ अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहने छ भने बिजयी खेलाडीले महामारीका कारण आर्थिक रुपमा संघर्ष गरिरहेका खेलाडीहरुलाई कति अनुदान दिने आफै निर्णय लिन पाउनेछन् ।

सोमबार देखि बिहिवारसम्म हुने चार दिने प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ३२ हजार पाउण्ड रहेको छ ।

मे १ देखि १० सम्म हुने भनिएको म्याड्रिड ओपन कोरोना भाइरसको महामारीका कारण रद्द गरिएको हो । स्पेन कोरोनाले अति प्रभावित राष्ट्रहरु मध्ये एक हो । सम्पूर्ण अन्तर्राष्ट्रिय टेनिसहरु जुलाई १३ सम्मका लागि रद्द गरिएको छ भने यसले दुई ग्राण्ड स्ल्याम प्रतियोगिताहरुलाई पनि प्रभावित गर्ने स्पष्ट छ ।

युएस ओपन र फ्रेञ्च ओपनको भविष्य निर्धारण गर्नका लागि अमेरिका र फ्रान्सका टेनिस पदाधिकारीहरु लागि परेका छन् । अमेरिका कोरोनाले सबैभन्दा बढी प्रभावित देश बनेको छ भने फ्रान्स पनि उच्च जोखिममै रहेको छ ।

Click to comment

Trending