Headline

फ्रि ट्रान्सफरमा इन्टर मिलान जाने तयारीमा जिरुड

Published

on

२०१८ का बिश्वकप बिजेता समेत रहेका फ्रेञ्च फर्वार्ड ओलिभर जिरुडले चेल्सी छोड्ने निश्चित रहेको छ । इटालियन मिडियाका अनुसार जिरुडलाई फ्रि ट्रान्स्फरमा इन्टर मिलानले भित्र्याउन लागेको हो ।

जिरुडको चेल्सीमा अनुबन्धन सकिएकाले उनी नयाँ क्लबको खोजीमा रहेका छन् । २०१८ मा आर्सनलबाट चेल्सी आएका थिए । आर्सनलमा १८० खेल खेल्दै ७३ गोल गरेको जिरुडलाई चेल्सीले १२ मिलियन पाउण्डमा किनेको थियो ।

फ्रन्सका लागि पनि उत्कृष्ट ९७ खेल खेल्दै ३९ गोल गरेका जिरुड विश्व स्तरीय खेलाडीमा गनिन्छन् । इटालियन मिडियाका अनुसार जिरुडले इन्टर मिलनसँग दुई बर्षका लागि अनुबन्धन गर्ने छन भने तलब कटौतीका लागि पनि समहत हुने बाताएका छन ।

अरु इटालियन क्लब लाजियो र रोमाबाट प्रस्ताव आए पनि उनले एन्टोनिओ कोन्टेको इन्टरमा आउन चाहेका हुन् । ३३ बर्षिय जिरुडलाई अन्य चाइनिज र स्पेनिस क्लबहरु बाट प्रस्ताव आएको पनि उनले एक कार्यक्रममा खुलाएका थिए ।

यता चेल्सी भने अर्थिक संकट टार्न जिरुडलाई आफुसँगै राख्न चाहिरहेको बेलायती सञ्चार माध्यमहरुले बताउदै आएका छन् ।

Click to comment

Trending