Headline

नयाँ फुटबल स्टेडियमको साथ चिनको विश्वकप योजना

Published

on

चाइनिज सुपर लिग क्लब ग्वांगजाउ एभरग्रााण्डीले पछिल्लो साता आफ्नो नयाँ रंगशालाको निर्माण कार्य थालेसँगै चिनले आफ्नो खेल क्षेत्रमा गर्दै आएको ठूलो लगानीलाई निरन्तरता दिने स्पष्ट पारेको छ ।

चिनले फुटबल बिकासका लागि ठूला लिग र बिश्व चर्चित खेलाडीहरु पनि भित्र्याउदै आएको छ । नयाँ अर्थिक बर्षमा अरबौँ डलर फुटबलका महत्वाकांक्ष योजनाहरुमा लगानी गर्दै फुटबलमा महाशक्ती बन्ने योजना चिनको रहेको छ । चिनको फुटबलमा ठूलो लगानीसँगै उ २०३० को विश्वकप पनि आफ्नो देशमा आयोजना गर्न लागि परेको छ ।

एक करोड सात लाख अमेरिकी डलरमा निर्माण गर्न लागिएको रंगशालाको आकार कमलको फूल जस्तो हुने छ भने दर्शक क्षमता एक लाखको हुने बाताइएको छ । २०२२ सम्म निर्माण लक्ष्य राखिएको रंगशालालाई बर्सिलोनाको घरेलु मैदन क्याम्प नोउ भन्दा ठूलो बनाउन लागिएको हो ।

चिनिया अरबपति मालिक रहेको एभरग्राण्गीले अर्को ८० हजार दर्शक क्षमताको रंगशाला बनाउने पनि घोषणा गरिसकेको छ । त्यो रंगशाला चिनमा ५० हजर दर्शक क्षमता भन्दा बढीका १२ औं रंगशालाको रुपमा रहनेछ । २०२१ को क्लब बिश्वकप र २०२३ को एएफसी कप गरी चिनले दुई ठुला प्रतियोगिता आयोजना गर्दैछ ।

“चिनले आफू पनि फुटबलमा अग्रसर हुन चाहेको हो र त्यो प्रस्ट देखिन्छ”, ओरेन्टल स्पोर्टसका पत्रकार जि युहाङले भने ।

Click to comment

Trending