Headline

कोरोनापछिको विश्व क्रिकेटमा बल ट्याम्परिङ्ग बैधानिक हुन सक्ने

Published

on

पुर्व अष्ट्रेलियन कप्तान स्टिभ स्मिथ, डेभिड वार्नर र क्यामरन व्यान्क्रफ्ट कुख्यात बल–ट्याम्परिङ्ग काण्डमा मुछिएको दुई बर्षपछि बल–ट्याम्परिङ्गले बिश्व क्रिकेटमा बैधानिकता पाउन सक्ने भएको छ ।

मार्च, २०१८ मा दक्षिण अफ्रिकाबिरुद्ध भएको केपटाउन टेस्टमा अष्ट्रेलियन कप्तान स्मिथ, वार्नर र ब्यान्क्रफ्टले बल चम्किलो बनाउनका लागि खाक्सी (स्याण्डपेपर) को प्रयोग गरेको टेलिभिजनमा देखिएपछि तीनै जनालाई बल ट्याम्परिङ्ग (बललाई अबैधानिक तरिकाले आफू अनुकुल रुप दिन कृत्रिम बस्तु प्रयोग गरिएको) मा दोषी पाइएको थियो ।

बल ट्याम्परिङ्ग काण्डपछि स्मिथले अष्ट्रेलियाको कप्तानी गुमाएका थिए भने ब्यान्क्रफ्टलाई ६ र अन्य दुईलाई एक बर्षका लागि अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन पनि गरिएको थियो । यसका कारण तीनै खेलाडीले ग्लोबल फ्रान्चाइज लिगमा पनि आफ्नो स्थान गुमाउन पुगेका थिए ।

बललाई चम्किलो बनाउनका लागि बलरहरुले थुकको प्रयोगमात्र गर्न पाउछन् । तर कोरोना भाइरसले महामारीको रुप लिएपछिको बिश्वमा भने बल ट्याम्परिङ्ग बैधानिक बन्न सक्ने भएको छ । हाल बिश्वमा झण्डै दुई लाख मानिसको ज्यान लिइसकेको कोरोना संक्रमणको एक कारण मानिसको थुक पनि रहेको छ ।

थुकको थोपाबाट पनि कोरोना भाइरसको जिवाणु मानिसमा प्रवेश गर्ने भएकाले क्रिकेटका पदाधिकारीहरुले यसको प्रयोगबाट क्रिकेटरहरुलाई परै राख्न बिकल्प खोजिरहेको चर्चित क्रिकेट वेबसाइट क्रिकइन्फोको एक रिपोर्टमा उल्लेख गरिएको छ । बललाई चम्किलो बनाउनका लागि अफिसियलहरुले अब कृत्रिम बस्तुको प्रयोग गर्न दिने तर्फ बिकल्प खोजिरहेका छन् ।

“बल टल्काउनका लागि प्रयोग हुने थुकले उत्पन्न गर्ने सम्भावित समस्या बारे आईसिसि (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल) को मेडिकल कमिटीले क्रिकेट पुनः सुचारु हुनुअघि ध्यानाकर्षण गराएको छ । यसको मतलब बल स्विङ्ग गर्नका लागि बलर अथवा टिमलाई बल चम्काउनका लागि थुकको बिकल्प खोज्न दिइनेछ,” क्रिकइन्फोको रिपोर्टमा उल्लेख गरिएको छ ।

क्रिकेटमा बलको एक तर्फको भाग थुकले चम्किलो बनाउदा अर्को भाग भारि हुने भएकाले बल हावामा चलायमान हुने गर्दछ, जसलाई स्विङ्ग भनिन्छ । भारतीय तिब्र गतिका बलर भुवनेश्वर कुमारले रद्द भएको दक्षिण अफ्रिकाबिरुद्धको पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय अघिको पत्रकार सम्मेलनमा थुकको प्रयोगको सम्भावित खतराका बारे बोलेका थिए ।

पुर्व पाकिस्तानी तिब्र गतिका बलर शोएब अख्तरले पनि कोरोना भाइरसबाट बच्न बल चम्काउनका लागि थुकको प्रयोग बन्द गर्न आवश्यक रहे गरिनुपर्ने बताएका थिए ।

“अहिलेको अवस्थामा बल चम्काउनका लागि थुकको प्रयोग गर्नु उचित छ जस्तो मलाई लाग्दैन । बल मैदानमा रहेको सबैको हातमा पुग्ने गर्छ । क्रिकेटमा कन्ट्याक्ट हुन्छ । कोरोना भाइरसको खतरालाई दिमागमा राख्ने हो भने म आईसिसिले थुकको प्रयोग नगर्ने निर्णय लियो भने स्वागत गर्नेछु,” अख्तरले भने ।

Click to comment

Trending