Headline

नेपालले फिफाबाट ५ लाख अमेरिकी डलर पाउने

Published

on

नेपालले विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट सहयोग स्वरुप ५ लाख अमेरिकी डलर प्राप्त गर्ने भएको छ ।

फिफाले कोरोना भाइरसका कारण विश्व भर नै फुटबल गतिविधिमा प्रत्यक्ष आर्थिक भार परेको कारण त्यसको परिपुर्तिका लागि आफ्ना प्रत्येक सदस्य राष्ट्रहरुलाई ५ लाख अमेरिकी डलर दिने भएको हो । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर झण्डै दुई लाख मानिसको मृत्यु भइसकेको छ भने यसबाट फिफाका कुनै पनि सदस्य राष्ट्रहरु बच्न सकेका छैनन् ।

नेपालमा पनि कोरोनाबाट संक्रमितको संख्या ४९ पुगेको छ र त्यसमध्ये १० जना निको भएर घर फर्किसकेका छन् । कोरोनाको सबैभन्दा ठूलो प्रभाव अमेरिकामा परेको छ जहा ९ लाख भन्दा बढी संक्रमित रहेका छन् भने ५२ हजारमाथि ज्यान गइसकेको छ ।

फिफाले हरेका सदस्य राष्ट्रहरुमा घरेलु लिग र अन्य कुनै पनि फुटबल गतिविधि हुन नसकेका कारण ठूलो आर्थिक घाटा बेहोर्नुपरेको भन्दै आफू अन्तर्गतका प्रत्येक देशलाई आर्थिक सहायता गर्ने भएको हो । फिफाले सञ्चालन कोष अन्तर्गत १५ करोड अमेरिकी डलर सदस्य राष्ट्रहरुमा बाढ्न लागेको बताएको छ ।

प्राप्त अनुदानलाई सदस्य राष्ट्रहरुले परिपुर्ति गर्नै पर्ने आर्थिक हिसाब किताब र कर्मचारीको तलबका लागि प्रयोग गर्नपर्ने पनि फिफाले बताएको छ । कोरोना भाइरसले महामारीको रुप लिदै जादा नेपालमा शहीद स्मारक बि डिभिजिन लिग स्थगित गर्नु परेको थियो भने मोफसलका नकआउट प्रतियोगिताहरु पनि रद्द हुन पुगेका थिए ।

अखिल नेपाल फुटबल संघले अहिले आफ्नो सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको होस्टल क्वारन्टिनका लागि सरकारलाई उपलब्ध गराएको छ । एन्फाको कार्यलय बन्द रहनुका साथै गर्न पर्ने कामहरुका लागि वर्क फ्रम होमको व्यवस्था मिलाएको छ ।

Click to comment

Trending