Headline

एलेक्स फर्गुसनको नजरमा मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट

Published

on

सर एलेक्स फर्गुसनलाई क्लब फुटबल ईतिहासमा सर्वश्रेष्ठ व्यवस्थापक मान्ने गरिन्छ । १९८६ देखी २०१३ सम्म म्यानचेस्टर युनाइटेडका व्यवस्थापक रहेका फर्गुसनले ओल्ड ट्राफोर्डमा १३ इङ्गलिस प्रिमियर लिग उपाधि भित्र्याएका छन् ।

फर्गुसनले नै आधुनिक फुटबलका हस्ती मध्येका एक क्रिस्ष्चियानो रोनाल्डोको व्यवसायिक फुटबल करिअरलाई आकार दिएका थिए । रोनाल्डोलाई गोल मेसिन बनाउन फर्गुसनको महत्वपुर्ण भुमिका रहेको बताइन्छ ।

फर्गुसनले नै रोनाल्डोलाई पोर्चुगिज क्लब स्पोर्टिङ्गबाट म्यानचेस्टर युनाइटेडमा ल्याएका थिए । युनाइटेडलाई लगातार ९ पटक प्रिमियर लिग जिताउने क्रममा फर्गुसनले वेन रुनी र रोनाल्डोको उत्कृष्ट अग्रपंक्ति तयार गरेका थिए । फर्गुसनलाई आफ्नै शिष्य उत्कृष्ट नलाग्ने त कुरै भएन ।

“मलाई गलत नसोच्नु होला । मेस्सी राम्रा खेलाडी हुन । तर मलाई क्रिस्टियानो रोनाल्डो मन पर्छ । उनलाई नजिकबाट बुझ्ने मौका पाएकाले मलाई लाग्छ उनी अरु खेलाडी भन्दा भिन्न र फरक छन । त्यही कारणले मलाई रोनाल्डो उत्कृष्ट खेलाडी लाग्छ,” फर्गुसनले एक कार्यक्रममा बिताएका थिए ।

उनले रोनाल्डो विश्वका उत्कृष्ट खेलाडी मद्धे एक भएको र त्यस्मा कुनै दुइमत नभएको पनि जनाएका थिए । रोनाल्डोले फर्गुसनको युनाइटेडमा १९६ खेल खेल्दै ८४ गोल गरेका थिए । उनले युनाइटेडमा हुँदा पाँच प्रिमियर लिग, एक एफए कप र एक च्याम्पियन्स लिग जितेका थिए । रोनाल्डोले जितेका पाँच बालोेन डि ओर मध्ये एक उनले युनाइटेडमै छँदा रहेको थियो ।

Click to comment

Trending