Headline

अण्डर १६ राष्ट्रिय क्रिकेट पनि रद्द

Published

on

कोरोना भाइरसका कारण यस बर्षको अण्डर १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता रद्द गरिएको छ ।

मनमोहन मेमोरियल क्रिकेट सेन्टरले पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवसको अवसरमा मनमोहन मेमोरियल अन्तर–प्रदेशीय अण्डर १६ राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्दै आइरहेको छ । यस बर्ष भने कोरोना भाइरसका कारण मुलुक नै लकडाउनमा रहेको कारण रद्द नै गरिएको सेन्टरका अध्यक्ष ठाकुर गैरेले जानकारी दिए ।

प्रतियोगिताको दुई संस्करण सम्पन्न भइसकेको छ भने सेन्टरको प्रदेश नम्बर एकले सुनसरीको इनरुवामा अघिल्लो बर्ष एमएम कप एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको पनि आयोजना गरेको थियो । अण्डर १६ राष्ट्रिय प्रतियोगिताको डिफेन्डिङ्ग च्याम्पियन प्रदेश नम्बर तीन रहेको छ ।

अण्डर १६ राष्ट्रिय प्रतियोगितामा सातै प्रदेशको सहभागिता रहने गरेको छ । प्रतियोगिता अर्को बर्ष गर्ने पनि जानकारी आयोजकले दिएको छ ।

Click to comment

Trending