Headline

पोग्बालाई रियल म्याड्रिड लान इच्छुक छन् जिदान

Published

on

रियल म्याड्रिडका व्यवस्थापक जिनेदिन जिदानले २०२०–२१ को आगमी सिजनका लागि फ्रान्स र म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पउल पोग्बालाई आफ्नो क्लबमा अनुबन्ध गर्न इच्छुक देखिएका छन् ।

बिभिन्न अन्तराष्ट्रिय संचार माध्यले जनाए अनुसार यस अघि देखि नै जिदान पोग्बालाई लस ब्लांकोसबाट खेलेको हेर्न चाहिरहेका थिए । यसका लागि उनले यस सिजनको शुरुवात देखि नै पहल गर्दै आएका थिए । कोरोनाको कारण लिगहरु हुन नसक्दा पैसाका कारण क्लबले पोग्बा किन्न केहि आनाकानी गरिरहदा पनि जिदान भने अर्को सिजन सम्म कुर्न नसकिने धारणा राख्छन् ।

यस अघि युनाइटेडले पोग्बाको रकम एक सय मिलियन युरो राखेता पनि अहिले आएर उनलाई ७० मिलियन सम्ममा बेच्न तयार रहेको बुझिन्छ । तर पनि उसको इच्छा भने क्लबले सन् २०१६ मा उनलाई तिरेको ८९ मिलियन युरो सम्म प्राप्त हुन सक्ने चित्त बुझ्ने भन्ने छ ।

सन् २०१६ मा होजे माउरिन्होको समयमा म्यानचेस्टर आएका उनीबाट क्लबले ठूलै आशा राखेको थियो । पहिलो बर्ष उनले रेड डेभिल्सलाई ईएफएल र युरोपा लिग जिताउन महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।

तर पछिल्लो केही सिजन २७ बर्षिय पोग्बाको प्रदर्शन सन्तोषजनक छैन । पोग्बा आफैले पनि बेलाबेलामा क्लब छाड्न इच्छुक रहेको बताउँदै आएका छन् ।

Click to comment

Trending