Headline

माउरिन्होलाई बर्खास्त गर्दा चेल्सीका सबै रोएका थिए

Published

on

सन् २००७ मा चेल्सीले तत्कालिन प्रशिक्षक होजे माउरिन्होलाई बर्खास्त गर्दा चेल्सीका पुरै टोली नै रोेएको क्लबका पुर्व कप्तान जोन टेरीले खुलासा गरेका छन् ।

सन् २००४ को च्याम्पियन्स लिगको फाइनलमा मोनाकोलाई ३–० ले पराजित गर्दै एफसी पोर्टोेले उपाधि चुमे पछि क्लाउडियो रानिएरीको स्थानमा क्लबको म्यानेजरका रुपमा माउरिन्हो स्ट्यामफोर्ड ब्रिज आएका थिए ।

द ब्लुजको पहिलो पत्रकार सम्मेलनमा नै पोर्चुगिज माउरिन्होले आफैले आफैलाई ’द स्पेसल वान’ अर्थात् ’बिशेष’ घोषणा गरेका थिए । त्यस्तै उनले आफ्नो नेतृत्वमा चेल्सीले इङ्गलिस फुटबलमा राज गर्ने पनि बताए । माउरिन्होले त्यसपछि चेल्सीलाई लगातार दुईपटक प्रिमियर लिग, एक एफए कप र दुई पटक लिग कपको बिजेता बनाए ।

सन् २००७–०८ को सिजनमा खराब शुरुवात गरे पछि चेल्सीका धनाढ्य मालिक रोमन अब्राहिमोभिचसँग मनमुटाब बढेपछि उनलाई बर्खास्त गरिएको थियो । चेल्सीमा फादर फिगर (पिता समान) भइसकेका माउरिन्हो बर्खास्त भएपछि चेल्सीका खेलाडीले क्लब व्यवस्थापनलाई निर्णय उल्टाउन आग्रह पनि गरेको टेरीले जानकारी दिए ।

पुर्व डिफेन्डर टेरीले भने: “हामी सबैको आँखामा आँशु थियो । त्यो समय जताततै हल्ला थियो, हामीले राम्रो खेल्न सकेका थिएनौं, प्रदर्शन राम्रो थिएन, प्रिमियर लिगमा पनि हाम्रो प्रदर्शन निकै कमजोर थियो । एक दिन माउरिन्हो आएर भने, मलाई क्लबले बर्खास्त गर्यो । उनी हामी सबै भएको ठाउँमा आएर सबैलाई अंगालो हाले ।”

“हामी सबै रोयौं । हामीले अब यहाँबाट कहाँ जाने । उनी पिता समान थिए, हामीहरुलाई मार्गनिर्देश गर्ने । हामी चेल्सीको कार्य समितिमा गएर अहिले सम्म काम गरेकोमा उनी नै सबैभन्दा उत्कृष्ट हुन् त्यसैले माउरिन्होलाई क्लबमा राख्दै फिर्ता बोलाउन आग्रह गर्यौं ।

त्यस्तै टेरीले माउरिन्होको चेल्सीका सबै खेलाडीसँग एक भिन्नै खालको सम्बन्ध रहेको पनि बताए । “सामान्य समयमा पनि उनी मलाई र अन्य खेलाडीलाई मेसेज गर्थे र हाम्रो श्रीमती, बच्चाहरु र उनीहरुको स्कुलको बारेमा जानकारी राख्थे । यस्तो मलाई उनले बाहेक कसैले सोधेको थाहा थिएन,” टेरीले भने ।

Click to comment

Trending