Headline

‘लिभरपुलले चेल्सीलाई टोरेस बेचेर जिस्काएको थियो’

Published

on

इङ्गल्यान्ड र पूर्व लिभरपुल डिफेन्डर जेमि क्यारागरले चेल्सीलाई फरनान्डो टोरेस भारी रकममा बेचेर लिभरपुलले जिस्काएको बताएका छन् ।

टोरेस २०११ को जनवरी ट्रान्स्फर विन्डोमा लिभरपुलबाट चेल्सी गएका थिए । चेल्सीको किर्तिमानी मुल्यमा टोरेसले लिभरपुल छोडेका थिए । ५० मिलियन पाउन्डको महँगो रकममा चेल्सी आए पनि उनले आफ्नो खेल भने देखाउन सकेका थिएनन ।

चेल्सीमा १७२ खेल खेल्दै उनले मात्र ४५ गोल गरेका थिए । टोरेसले चेल्सीमा भने एन्फिल्डमा जस्तो अद्भुत खेल नदेखाए पनि स्ट्यामफोर्ड ब्रिजका समर्थकहरुले उनलाई सधैं माया गरेका थिए ।

लिभरपुलले टोरेस भारी रकममा चेल्सीलाई बेचेको समय अन्य खेलाडीहरु पनि अचम्म परेका थिए । मलाई त लाग्छ लिभरपुलले चेल्सीलाई टोरेस बेचेर जिस्काएको हो, लिभरपुलमा १७ बर्ष बिताएका क्यारागरले भने ।

टोरेसलाई प्रिमियर लिगको इतिहासकै फ्लप ट्रान्स्फरको रुपमा हेर्ने गरिन्छ । स्पेनिस स्ट्राइकर उनले चेल्सीका लागि एक च्याम्पियन्स लिग, एक युरोपा लिग र एक एफ ए कप जितेका थिए । टोरेसले आफ्नो क्लब करिअरमा सबै भन्दा नराम्रो खेल चेल्सीकै लागि खेलेको पनि क्यारागर बताउछन् ।

Click to comment

Trending