Headline

ट्वान्टी ट्वान्टी विश्वकप तोकिएकै समयमा हुन्छ : आईसीसी 

Published

on

अन्तरास्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले यस बर्ष अस्ट्रेलियामा हुने ट्वान्टी ट्वान्टी तोकिएकै समयमा गर्ने जनाएको छ ।
यस अघि अक्टोबर १८ तारिख देखि नोभेम्बर १५ सम्म आयोजना हुने भनिएको विश्वकप समयमा नै गर्ने कि यसको पनि मिति शार्ने भन्ने बिषयमा टुंगो लगाउनु १२ टेस्ट राष्ट्र तथा तीन एसोसियट्स राष्ट्रका र आईसीसीका प्रमुख कार्यकारी अधिकृतले आज भिडियो कन्फ्रेन्स मार्फत टुंगो लगाएका हुन् । उनीहरुले विश्वकपको समय सम्ममा कोरोनाको प्रभाब घटेको खण्डमा तोकिएको नै मितिमा गर्ने निर्णय गरेका हुन् ।
त्यस्तै प्रमुख कार्यकारीहरुको बैठकले सन् २०२३ सम्मका दुई देश बीचको शृंखला, विश्व टेस्ट च्याम्पियनसिप तथा क्रिकेट विश्वकप सुपर लिगको बिषयमा पनि टुंगो लगाएको छ । अहिले नै कोरोनाको प्रभाब कम नभएका कारण यस बिषयमा तत्काल निर्णय गर्नु उचित नहुने भन्दै कोरोनाको प्रभाब कम भए पछि बृस्तृत छलफल पछि टुंगो लगाउने भएको छ ।
विश्वभर कोरोना भाइरसको प्रभाबका कारण बिभिन्न खेलकुद गतिबिधि ठप्प भएको छ भने क्रिकेट पनि यसबाट अछुतो हुन सकेको छैन । यस अघि टोक्यो ओलम्पिक्स २०२०, युरो २०२० जस्ता प्रतियोगिता एक बर्ष धकेलिएका छन् भने बिभिन्न लिगहरु पनि के हुने भन्ने बिषयमा अझै टुंगो लाग्न सकेको छैन । कोरोनाको नै कारण मार्चको अन्त्यमा शुरु हुने भनिएको इन्डियन प्रिमिएर लिग (आईपीएल) को भबिष्य माथि नै संका उब्जिएको छ भने बिभिन्न देश बीचका शृंखला पनि हुन सकेको छैन

Click to comment

Trending