Headline

भारतीय खेलाडी व्यक्तिगत प्रदर्शनका लागि खेल्थे : इन्जमाम उल-हक

Published

on

पाकिस्तान क्रिकेट टोलीका पुर्व कप्तान तथा हालका प्रमुख चयनकर्ता इन्जमाम उल-हकले भारतीय ब्याट्सम्यानहरुले टोलीको लागि खेल्ने भन्दा पनि आफ्नो व्यक्तिगत प्रदर्शनका लागि खेल्ने गरेको आरोप लगाएका छन् ।
“यदि तपाईं भारतीय टोलीलाई पेपरमा हेर्नुहुन्थ्यो भने पाकिस्तान टोलीमा भन्दा पनि उनीहरुको ब्याट्सम्यान धेरै नै राम्रा र उत्कृस्ट थिए । तर पाकिस्तानका खेलाडीले चाहे ३०-४० रन नै किन प्रहार नगरुन् उनीहरुले आफ्नो टोलीको लागि खेल्थे । तर भारतीय ब्याट्सम्यानले शतक नै प्रहार गरेता पनि टोलीको लागि भन्दा पनि आफ्नो लागि प्रदर्शन गर्ने गरेका थिए,” इन्जमानले बताए ।
पाकिस्तानका पुर्व क्रिकेटर तथा हालका कमेन्टेटर रमिज़ राजाको सामाजिक संजालको प्रत्यक्ष प्रसारण कुरा गर्दै इन्जमामले यस्तो धराणा दिएका हुन् । राजाले पाकिस्तानका अहिलेका खेलाडी निकै प्रतिभावान रहेका तर उनीहरुले सोचे अनुसारको प्रदर्शन किन दिन सकेका छैनन् भन्ने प्रश्नमा इन्जमामले भने, “यदि खेलाडीहरु आफ्नो स्थान सुरक्षित गर्ने बारेमा सोचे भने प्रदर्शन राम्रो गर्न सक्दैनन् । हाम्रो पालामा भारतीय खेलाडीहरु कसरी टोलीमा टिकी राख्ने र आफ्नो स्थान सुरक्षित राख्ने भनेर खेल्ने गर्दथे । त्यसले खेलाडीमा झनै धेरै प्रेसर दिन्छ ।”
‘पुर्व कप्तान इमरान खानले कहिले पनि खेलाडीको प्रदर्सनलाई आधार मान्दै एउटा शृंखलामा राम्रो गर्न नसके पनि अर्को शृंखलामा उनलाई हटाउँदैन थे । बरु उल्टो खेलाडीलाई राम्रो प्रदर्शन गर्ने प्रेरित गर्दथे ।जसले गर्दा खेलाडीहरुले आफ्नो प्रदर्शन भन्दा पनि टोलीको प्रदर्शन गर्ने सोच्थे र राम्रो गर्दथे ।’
उनले सायद पाकिस्तानका हालका खेलाडीहरु आफु टोलीमा पर्ने कि नपर्ने भन्ने डरमा धेरै रहेकाले गर्दा नै प्रर्दशन राम्रो हुन नसकेको धारणा व्यक्त गरे ।

Click to comment

Trending