Headline

सोल्सायरले सान्चोसँग तयार गर्न चाहेको युनाइटेडको फर्वार्ड लाइन

Published

on

रोमेलु लुकाकुलाई इन्टर मिलनमा बेच्दा ओले गुनार सोल्सायर निकै आलोचित भएका थिए । ७२ मिलियन पाउन्डमा इन्टर गएका लुकाकु आफ्नो जीवनको उत्कृष्ट फममा फर्किएपछि युनाइटेड समर्थकहरु सोल्सायरसँग अझ क्रुद्ध बनेका थिए । एन्थोनी मार्सियाल र जेसी लिङगार्डलाई बचाउ गर्दै लुकाकु बेचेका उनी अलोचित हुनु स्वभाविक थियो ।

तर एक कुशल व्यवस्थापकको दृष्टिकोणमा सोल्सायरको कदम सहि पनि थियो । लुकाकु इन्टर पुग्दा मेसन ग्रिनउडले मौका पाए भने आफूलाई प्रिमियर लिग खेल्न योग्य भएको प्रमाणित गरेर पनि देखाइदिए ।

सर एलेक्स फर्गुसनले क्लब छोडे यता युनाइटेडको प्रदर्शद एक समान छैन भने अधिकांश खेलहरुमा गोलको खडेरी देख्ने गरिन्छ । उपलब्ध सबै स्ट्राइकरहरुले चोट बोक्नु कुनै पनि क्लबको लागि दुर्भाग्य हुने गर्छ । लुकाकुको बहिर्गमनपछि मार्सियल, मार्कस रासफोर्ड र ग्रिनवुडले संयुक्त रुपमा ४७ गोल गरेपनि प्रिमियर लिग सबैभन्दा धेरै पटक जित्ने क्लबको लागि भने पर्याप्त भने होइन ।

फर्गुसनपछि होजे माउरिन्होबाहेक अन्य कुनै पनि व्यवस्थापकले युनाइटेडलाई लयमा फर्काउन सफल भएका छैनन् । सोल्सायर भने युनाइटेडलाई नयाँ रुप दिन चाहन्छन् । त्यो पनि नयाँ खेलाडी भित्र्याएरै ।

युनाइटेड जहिले पनि ट्रान्सफर विन्डोमा धेरै रकम खर्च गर्दा पनि उत्कृष्ट खेलाडी भित्र्याउन असफल क्लब मानिन्छ । २०२० को पहिलो समर विन्डोमा ओडिओन इघालोलाई फर्वार्डका रुपमा भित्र्याएपछि भने केही राम्रो देखिएको अग्रपंक्तिलाई अझै पनि राम्रो राइट विङ आवश्यक रहेको देखिन्छ ।

मिडफिल्डमा पनि ब्रुने फर्नान्डेस आएपछि युनाइटेड धेरै सुध्रिएको पाइएको छ । तर सोल्सायरका अनुसार केही खेलाडी बेच्दै डर्टमण्डका जेडन सान्चो क्लबमा ल्याउने हो भने उनले उत्कृष्ट अग्रपंक्ति तयार गर्ने मान्छन् । सोल्सायरका अनुसार सोल्सायर यस्ता खेलाडी हुन् जसले रासफोर्ड र मार्सियलसँग राम्रो आक्रमण तिकडी बनाउन सक्छन् ।

डर्टमण्डले १ सय २० मिलियन पाउन्डमा बेच्न तयारीमा राखेको खेलाडी हुन् सान्चो । २० बर्षिय सान्चोलाई युनाइटेड लगायत चेल्सी र लिभरपुलले पनि भित्र्याउन खोजिरहेका छन् तर कोरोना भाईरसका करण क्लबले बेहोर्ने अर्थिक भारले पनि सान्चोको आगमनमा फरक पर्नेछ ।

Click to comment

Trending