Headline

मेस्सीको जस्तो स्तर रोनाल्डोको छैनः डेविड बेकह्याम

Published

on

मेस्सी र रोनाल्डोमा उत्कृष्ट खेलाडी भन्ने बिषय कहिल्यै समाप्त नहुने बहस हो । समर्थक मात्र नभएर यो बहसमा विश्व फुटबलकै ठूला खेलाडीहरुले पनि केहि न केहि टिप्पणी गर्ने गरेका छन् ।

यसै बहसमा इङ्गल्याण्डका पूर्व कप्तान डेविड बेकह्याम पनि जोडिएका छन् । मेस्सी र रोनाल्डोले संयुक्त रुपमा ११ पटक बालोन डि ओर जितिसकेका छन् । त्यसमध्ये मेस्सीको नाममा ६ रहेको छ । आफ्नो खेल र ‘लुक्स’ दुवैका कारण विश्वका ध्यान तान्न सफल बेकह्याम भने रोनाल्डो भन्दा मेस्सी उत्कृष्ट खेलाडी रहेको मान्छन् ।

“मेस्सीको जस्तो स्तर अरु कुनै खेलाडीमा छैन । मलाई त लाग्छ रोनाल्डो पनि उनको स्तरका छैनन्,” बेकह्यामले भने । २०१३ को च्याम्पियन्स लिगमा पिएसजी र बर्सिलोनाबीचको खेललाई सम्झिदै उनले भनेः “मेस्सी मैदानमा आउनु भन्दा आगाडी हामीले खेल जितिरहेका थियौँ तर जब उनी मैदान छिरे त्यसपछि बार्सिलोना खेलमा फर्किसकेको थियो । हामीले त्यो खेल त जित्यो तर मेस्सीको प्रदर्शन सम्झनलायक थियो ।”

बेकह्याम हाल अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मायामी एफसीका अध्यक्ष पनि हुन् ।

Click to comment

Trending