Headline

चेल्सी जाने संघारमा ब्राजिलियन काउटिन्हो

Published

on

बार्सिलोनाबाट हाल बायर्न म्युनिखमा लोनमा खेलिरहेका ब्राजिलियन मिडफिल्डर फिलिपे काउटिन्हो इङ्गलिस प्रिमियर लिगमा पुनरागमन गर्ने क्रममा चेल्सीसँगको ट्रान्सफर नजिक पुगेका छन् ।

२७ बर्षिय काउटिन्होले बर्सिलोनामा अपेक्ष अनुरुप प्रदर्शन दिन नसकेपछि स्पेनिस लिग महारथीले बायर्नलाई लोनमा दिएको थियो । अघिल्लो समर विन्डोमा आत्मविश्वास फर्काउन बायर्न गएका काउटिन्हो त्यहा पनि सोचे अनुरुप प्रदर्शन गर्न नसक्दा उनलाई बार्साले बेच्ने तयारी गरिरहेको छ ।

कोरोना भाईरसले जर्मन बुन्डेसलिगा स्थगित हुनु अघि काउटिन्होले बायर्नका लागि ८ गोल र ६ असिस्ट गरेका छन् । च्याम्यिन्स लिग बिजेता क्लब लिभरपुल छोड्दै काउटिन्हो २०१८ मा बर्सिलोना गएका थिए । बायर्नले १ सय २० मिलियन युरोको खरिद गर्न पाउने बिकल्पको फाईदा नउठाउने भएपछि बर्सिलोना उनलाई बेच्न तयार भएको हो ।

चेल्सीले राम्रो लगानी गर्ने भएपछि काउटिन्हो पुन इङ्गलिस प्रिमियर लिगमा फर्कन तयार रहेको क्याटलन पत्रिका स्पोर्टस ले लेखेको छ । लोनका लागि इङ्गल्यान्डका धेरै क्लबले चासो देखाए पनि चेल्सीले भने उनलाई किन्ने तयारी गरेको हो ।

७० मिलियन युरोमा कौटिन्हो भित्र्याउनका लागि चेल्सी तयार रहेको छ । अर्थिक अवस्था बलियो बनाउनका लागि बर्सिलोनालाई पैसा आवश्यक परेको फाईदा उठाउदै चेल्सीले काउटिन्होलाई धेरै कम पैसा तिर्नु परेको हो ।

Click to comment

Trending